विशेष

छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)

कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस

सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’

कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस

कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव

धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस

विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन

म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो... पुरा पढ्नुहोस

मल्लाजमा सम्पन्न निशूल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित

बेनी, ४ मंसिर । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार सम्पन्न निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ५ सय जना भन्दा बढी लाभान्वित भएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरेको थियो । मल्लाजको कोतघर परिसरमा स्वास्थ्य... पुरा पढ्नुहोस

विद्यार्थीद्धारा देउसीभैलोबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण

  म्याग्दी, ४ मंसिर । रघुगंगा विद्यार्थी मञ्चद्धारा आयोजित देउसी भेलौ कार्यक्रमबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको छ । मुक्तिधाम शाखाले रघुगंगा गाउँपालिका–२ राखु भगवतीका मृगौला पीडित ठाकुर परीयार र वडा नम्वर ३ पिप्लेकी क्यान्सर पीडित डिलमाया विकलाई सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकम ९३ हजार २... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको इलेक्ट्रोमेकानिकलको ठेकदारमा भारतीय कम्पनी ‘भेल’ छनौट

म्याग्दी ४ मंसीर । म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारमा भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले ठेक्का पाएको हो । १ करोड दुई लाख, ९३ हजार २२.३५ अमेरिकी... पुरा पढ्नुहोस

राष्ट्रिय मावि रुमका विद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला वितरण (फोटो फिचर)

म्याग्दी ३ मंसीर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ । विद्यालयको कक्षा १–५ तहमा अध्ययन गर्ने गरिब, विपन्न र जेहेन्दार १०० जना विद्यार्थीहरुलाई कापी, पेन्सील, चित्रकलामा प्रयोग हुने किटबक्स र रंग सहित एक÷एक वटा झोला वितरण गरिएको हो । जिल्ला समन्वय... पुरा पढ्नुहोस

रुईसेमा पूर्वाधारले पर्यटक आकर्षित,आन्तरिक पर्यटकको आगमन बढ्यो (फोटो फिचर)

कमल खत्री म्याग्दी ३ मंसीर । केहि बर्ष अघि सम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण संगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । संघियता कार्यान्व्यन संगै स्थानीय तहहरुको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण भैरहेका छन् । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गर्दै संघ र प्रदेश सरकारले समेत... पुरा पढ्नुहोस

जेममा जापानी राजदुताबासको सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण (तस्बिर/भिडियो सहित)

कमल खत्री म्याग्दी ३ मंसीर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की... पुरा पढ्नुहोस