विशेष

कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा

म्याग्दी ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको पुर्ण बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । बेनी स्थित जिल्ला... पुरा पढ्नुहोस

कोरोनालाई देखायर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैनः अर्थ मन्त्री बराल

  म्याग्दी, ३० कार्तिक । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको सचिबमा युवा नेता रकालको उम्मेदवारी घोषणा (भिडियो सहित)

म्याग्दी ३० कात्तिक । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिब पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी... पुरा पढ्नुहोस

म्याग्दीको विकासको चित्रः १९ सडक र मोटरेबल पुल अधूरा

म्याग्दी, ३० कात्तिक। म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको... पुरा पढ्नुहोस

हिदीमा ‘एक घर एक धारा’को सुविधा विस्तार (तस्बिर सहित)

म्याग्दी २९ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका... पुरा पढ्नुहोस

अधुरा पुर्वाधार योजनालाई पुणर्ता दिन चौतर्फी दवाव

म्याग्दी, २९ कात्तिक । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पुणर्ता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पुर्वाधार निर्माणमा देखिएका... पुरा पढ्नुहोस

झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल (तस्बिर)

बेनी, २९ कात्तिक । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा अवस्थित पर्यटकीय गाउँ झिँ र त्यहाँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । झिँ हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र सडक समेत जोडिएको छ । पर्यटकको सुविधाको लागि झिँ गाउँमा होमस्टे समेत सञ्चालनमा छ ।  तस्बिर सौजन्य :... पुरा पढ्नुहोस

मुस्ताङको हिमपहिरोमा १२० चौंरी बेपत्ता

मुस्ताङ २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रनदेवी तुलाचनकाे घरको छानो उडाएको वडाअध्यक्ष... पुरा पढ्नुहोस

७८ बर्षका हजुरबुबा बाट ७ बर्षिया बालिका बलात्कृत

म्याग्दी २८ कात्तिक । म्याग्दीमा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको... पुरा पढ्नुहोस

बालमैत्री शासन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया

म्याग्दी, २८ कात्तिक । बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले सामाजिक विकास कार्यालयले बाल मैत्री शासनसम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । कार्यालयले वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारी, वडा सचिव र गैससस्थित कार्यालयका कर्मचारीहरुको उपस्थितमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्वन्धी... पुरा पढ्नुहोस