बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम
- १ माघ २०७८, शनिबार
- 1076 पटक पढिएको
बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको सो भवनको पिल्लार राख्ने कार्य भइरहेको छ । हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका व्यक्ति र स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा र सुविधासहित आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्षअघि नै गरिए पनि अहिले आएर बजेट विनियोजन भएकाले निर्माण कार्यसमेत थालिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।
