रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती
- ३० पुष २०७८, शुक्रबार
- 952 पटक पढिएको
बागलुङ, ३० पुुस । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तिय क्षेत्रमै चुनौती थपेको छ”, उहाँले भन्नुभयो । सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताउनुभयो ।
