विशेष
धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाहरुको सक्रियता
- 1 बर्ष, 15 दिन अगाडि
- १२ पुष २०८०, बिहीबार
कमल खत्री नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवाहरु सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्ग अन्तरगत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।... पुरा पढ्नुहोस
आहा ! झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल ( तस्बिरमा हेरौँ)
- 1 बर्ष, 15 दिन अगाडि
- १२ पुष २०८०, बिहीबार
बेनी, १२ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री पुल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्
- 1 बर्ष, 16 दिन अगाडि
- ११ पुष २०८०, बुधबार
म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस
बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी
- 1 बर्ष, 16 दिन अगाडि
- ११ पुष २०८०, बुधबार
बेनी, ११ पुुष । म्याग्दी प्रदेशसभा क्षेत्र ९क०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा ९माओवादी केन्द्र०को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूूर्वाधार... पुरा पढ्नुहोस
८४ औं जन्मोत्सवमा सिद्धार्थ माविलाई आर्थिक सहयोग
- 1 बर्ष, 17 दिन अगाडि
- १० पुष २०८०, मंगलवार
साधन राम्जाली च्युरीबोट,पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित सिद्धार्थ माविलाई एक लाख रुपैयाँ,उहाँका स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र... पुरा पढ्नुहोस
गाम्फाधुरी लाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय सक्रिय
- 1 बर्ष, 17 दिन अगाडि
- १० पुष २०८०, मंगलवार
बेनी, १० पुस : म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका स्थानीय धार्मिक पर्यटकीय स्थल गाम्फाधुरीलाई पर्यकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । मंगला–४ र बागलुङको ताराखोला गाउँपालिका–३ को सिमाक्षेत्रलाई समेटिएको गाम्फाधुरी प्राकृतिक रुपमा मनोरम र ऐतिहासिक महत्वका हिसाबले तपस्वीहरुले तपस्या र ध्यान गरेर ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । समुद्री... पुरा पढ्नुहोस
न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा
- 1 बर्ष, 17 दिन अगाडि
- १० पुष २०८०, मंगलवार
म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा... पुरा पढ्नुहोस
प्रकाश माविले मनायो ७१ औं वार्षिकोत्सव
- 1 बर्ष, 18 दिन अगाडि
- ९ पुष २०८०, सोमबार
बेनी, ९ पुस । सदरमुकाम बेनीमा रहेको प्रकाश माविले ७१ औ वार्षिकोत्सव विविध कार्यक्रमसहित सोमबार मनाएको छ। प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले विद्यालयको प्रकाशपुञ्ज पुस्तक पनि विमोचन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस
लक्ष्य अघिनै सडक कालोपत्र गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान
- 1 बर्ष, 18 दिन अगाडि
- ९ पुष २०८०, सोमबार
बेनी, ९ पुस । २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका– ९ गलेश्वरबासीले फूलमालासहित सम्मानपत्रले सम्मान गरेका छन । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ... पुरा पढ्नुहोस
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो
- 1 बर्ष, 18 दिन अगाडि
- ९ पुष २०८०, सोमबार
म्याग्दी, ९ पुस । अन्नपूर्ण गाउँपालिकाको पोखरबगरमा आयोजित गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा मावि नारच्याङले जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेवगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र ६ कास्य पदक सहित प्रभा माविले उपाधी जितेको हो । गत बर्षको बिजेता समेत रहेको... पुरा पढ्नुहोस