पाण्डे दम्पतीको उपचारमा रु ६५ हजार सहयोग

  • १३ माघ २०८१, आईतवार
  • 111 पटक पढिएको

म्याग्दी १३ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनमा रहनुभएका गोपाल कार्कीले रु ६५ हजार सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका– २ भगवतीको सिजलगाउँ घर भइ हाल परिवार सहित जर्मनमा रहनुभएका कार्कीले पाण्डे दम्पतीको लागि उक्त सहयोग गर्नुभएको हो ।
दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुबाट सहयोग आउन थालेको छ । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।