विशेष

लमसुङ माविमा कक्षा कोठा भवन निर्माण

म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।... पुरा पढ्नुहोस

भारतीय दुताबासले उपलब्ध गराएको एम्बुलेन्सको सेवा सुरु

म्याग्दी, ७ चैत । नेपाल रेडक्रस सोसाईटीले नयाँ एम्बुलेन्स मार्फत सेवा सुचारु गरेको छ , हालै भाररतीय दुतावासले रेडक्रस म्याग्दी शाखालाई उपलब्ध गराएको एम्बुलेन्सको बुधबारदेखि सेवा सुभारम्भ गरिएको हो । बेनी स्थित रेडक्रसको कार्यालय परिसरमा औपचारीक कार्यक्रम र धार्मीक बिधी अनुसार पुजापाठ गरेर एम्बुलेन्सको सेवा सुरु गरिएको रेडक्रस म्याग्दी शाखाका... पुरा पढ्नुहोस

पुग्नैपर्ने ठाउँ ‘मनमोहक टिकोट गाउँ’ (फोटो कथा)

म्याग्दी ७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ मा रहेको पर्यटकीय टिकोट गाउँ । पर्वत र म्याग्दीका पर्यटकीय स्थलहरुलाई समेटीएको अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटीएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क तवरले परम्परागत ढुंगेघरहरु मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय फुटबलका दुई म्याग्देली खेलाडीलाई सम्मान

म्याग्दी, ६ चैत । १२ बर्ष मुनिका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा सहभागिता जनाउन लागेका म्याग्देली २ खेलाडीलाई सम्मान गरिएको छ । जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीमा छनोट भएका बेनी नगरपालिका–७ का अनुपम श्रेष्ठ र बेनी नगरपालिका–८ का आदेश श्रेष्ठलाई मंगलबार... पुरा पढ्नुहोस

दोबा स्वास्थ्य चौकीलाई युके र कोरियाबाट रु ४ लाख बराबरको सहयोग

म्याग्दी, ६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा रहेको स्वास्थ्य चौकीलाई प्रवासमा रहेका दोबाबासीहरुले रु ४ लाख बराबरको सहयोग जुटाएका छन् । स्वास्थ्य चौकीलाई आबश्यक पर्ने सामाग्री खरिदको लागि युके र कोरियामा रहेका स्थानीयबासीले नगद सहित सामाग्री उपलब्ध गराएका हुन् । बेलायतमा रहेका दोबासीहरुको संस्था दोबा समाज युकेले स्वास्थ्य चौकीको... पुरा पढ्नुहोस

म्याग्दीबाट एसइई परिक्षामा २ हजार ३३९ जना सहभागि हुँदै, तयारि पुरा

म्याग्दी, ५ चैत । चैत ८ गतेबाट सुरु हुने एसइई परिक्षामा म्याग्दीबाट २ हजार ३३९ जना सहभागि हुने भएका छन् । परिक्षा सञ्चालनको लागि ९ ओटै केन्द्रमा केन्द्राध्यक्षलाई नियुक्त गरिसकिएको र परिक्षाको अधिकाँश तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले परिक्षालाई मर्यादित बनाउनको लागि केन्द्राध्यक्षलाई अभिमुखीकरण समेत... पुरा पढ्नुहोस

स्तरोन्नतीका लागि बेनी–दरवाङको बैकल्पीक सडक प्रयोगमा ल्याईने

म्याग्दी ५ चैत । म्याग्दीको बेनी–दरवाङ सडक स्तारोन्नतीका लागि बेनी देखि चुत्रेनी खण्डमा बैकल्पीक सडकलाई प्रयोगमा ल्याइने भएको छ । दिउँसोको समयमा सवारी सञ्चालनसंगै सडक फराकीलो बनाउने काम गर्दा जोखिम र काम प्रभावीत बनेपछि सवारी रोकेर काम गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडक डिभिजन कार्यालय,... पुरा पढ्नुहोस

म्याग्दीमा तीन हजार बढी लघुउद्यमी तयार !

म्याग्दी, ५ चैत । म्याग्दीमा तीन हजार बढी लघु उद्यमी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००४ देखि जिल्लामा सञ्चालनमा आएको लघुउद्यम विकास कार्यक्रम र गरिबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम मार्फत ३ हजार ३७ जना लघुउद्यमी तयार भएका हुन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास... पुरा पढ्नुहोस

भकुण्डेमा रहेको वडा कार्यालयमा चोरी

म्याग्दी ५ चैत । बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

सञ्चार माध्यमको सवलीकरणको लागि मिडिया सोसाईटीद्धारा नगरपालिकाको ध्यानाकर्षण

म्याग्दी, ४ चैत । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि आईतबार बेनी नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई माग पत्र बुझाउँदै स्थानीय... पुरा पढ्नुहोस