विशेष

प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा

म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस

विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग

म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो... पुरा पढ्नुहोस

प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी

बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस

सामुहिक कुखुरा पालनबाट आयआर्जन

बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस

टिभीएसको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीमा

बेनी १३ असोज । टिभीएस कम्पनीको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीको बजारमा भित्रिएको छ । टिभीएस कम्पनीको डिलर रारा अटोमोवाईल्सले एनट्रक र अपाचे १६० सिसीको पोवीमोडलको मोटरसाइकल भित्रिएको हो । लोकेशन देखाउने ब्लुतुथ कनेक्सन सुबिधा भएको एनट्रक ब्राण्डको स्कुटर खरिद गर्नेलाई दसै, तिहार र छठ पर्वको अवसरमा सातहजार रुपैया... पुरा पढ्नुहोस

रातोमाटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

म्याग्दी, १२ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी... पुरा पढ्नुहोस

घारमा सामुदायीक भवन

बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय दरबाङमा गोष्ठी

म्याग्दी, १० असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दरबाङमा केन्द्र प्रमुख तथा उपप्रमुखको गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण भेगका महिलाहरुको जिवनस्तर उकास्नको लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष विकास गौचन, कार्यकारी... पुरा पढ्नुहोस

सुन्तला ‘जोन’ कार्यान्वयनको विषयमा छलफल

बेनी १० असोज । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम कार्यान्वयनका विषयमा बुधबार बेनीमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।छलफलपछि बेनी र बागलुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटीएको सुन्तला जोन कार्यक्रम लागु हुने वडा छनौट भएको छ । बेनी... पुरा पढ्नुहोस

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी १० असोज । बेनी नगरपालिका ८ कालीपुलमा बुधबार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसै, तिहारको समयमा आवत जावत गर्ने सर्वसाधारण, मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटक र यातायात ब्यवसायीको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस