विशेष
जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना
- 5 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । Influential Bachelor Club द्वारा जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना गरिएको छ । वेष्ट पोइन्ट कलेजमा अध्ययनरत विध्यार्थीहरुको क्लब ले सो भ्यू पोइन्ट स्थापना गरेको हो । माघ १२ गते शनिबार एक कार्यक्रमगरि भ्यू पोइन्ट बोर्ड स्थापना र अनावरण गरिएको हो । जलजला गाउँ पालिका वार्ड नम्बर... पुरा पढ्नुहोस
म्याग्दीमा भेटिएको किङ्ग कोब्रा सर्प संरक्षणको लागि पहल
- 5 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा भेटिएको दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नागलाई संरक्षणको लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेहरुको सख्ंया बढेको र वासस्थान नजीकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २०औं पदस्थापन तथा पुरस्कार वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- १२ माघ २०७५, शनिबार
म्याग्दी । म्याग्दी जेसीजको २०औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार म्याग्दी जेसीजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०१९ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि क्रियाशिल म्याग्दी जेसीजले जेसीजको एक व्यक्ति, एक पद, एक कार्यकाल... पुरा पढ्नुहोस
म्याग्दीमा १२ बर्षपछि भारी हिमपात (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- १२ माघ २०७५, शनिबार
बेनी १२ माघ । म्याग्दीमा भारी हिमपात भएको छ । १२ बर्षपछि यहाँ तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको हो । २०६३ साल फागुनमा जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो । गयराती परेको बर्षासंगै सदरमुकाम बेनी आसपासका डाँडाहरु समेत हिमपातले सेताम्मे भएका छन् । हिमपातले अधिकाँश ग्रामीण सडकमा यातयात... पुरा पढ्नुहोस
आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- ११ माघ २०७५, शुक्रबार
उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस
विप्लब निकट अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्षमा खड्का चयन
- 5 बर्ष, 11 महिना अगाडि
- ११ माघ २०७५, शुक्रबार
म्याग्दी, ११ माघ । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू –क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो । सम्मेलनबाट उपाध्यक्षमा सुश्मा शेच्चुरी,... पुरा पढ्नुहोस
भकिम्लीका कृषकलाई किवीका बिरुवा वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- ११ माघ २०७५, शुक्रबार
बेनी ११ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा व्यवसायिक किबी खेती विस्तारका लागि कृषकहरुलाई निशूल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परिक्षणका लागि गरिएको किबी खेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले कृषकहरुलाई निशूल्क किबीका बिरुवा वितरण गरेको हो । ४२ घरधुरी कृषकहरुलाई ८१५ वटा कलमी गरिएका किबीका... पुरा पढ्नुहोस
आगोलागीबाट एक घर जलेर नष्ट
- 5 बर्ष, 11 महिना अगाडि
- ११ माघ २०७५, शुक्रबार
बेनी ११ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको छ । घारको तोपेचौर स्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँच कोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको हो । अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी–घोडेपानी खण्डमा पर्ने सो घरमा खड्काले एक्सीलेन्ट भ्यु... पुरा पढ्नुहोस
पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
- 5 बर्ष, 11 महिना अगाडि
- १० माघ २०७५, बिहीबार
म्याग्दी, १० माघ । पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै... पुरा पढ्नुहोस
सडकमै चालकको प्रेसर र आँखा परिक्षण
- 5 बर्ष, 11 महिना अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १० माघ । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा... पुरा पढ्नुहोस