जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामाग्री सहयाेग
- १६ चैत्र २०७६, आईतवार
- 1717 पटक पढिएको
बेनी १६ चैत । बेनीकाे न्युराेडमा रहेकाे पाण्डे मेडिकल हलले अाईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे छ । पाण्डे मेडकलहलका प्राेेेेेेेपाईटर प्रमाेद महताे र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
३०० वटा ग्लाेब्स, १० वाेतल स्यानिटाईजर, १०० वटा मास्क लगायत काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे मेडिकल हलका प्राेेेेेेेपाईटर महताेले जानकारी दिनुभयाे ।
काेराेना राेकथामका लागि अत्यावश्यक पर्ने सामग्री सहयाेग गरेकाेमा मेडिकल हललाई सहायक प्रजिअ सुवेदिले धन्यवाद दिनुभयाे । उक्त सामग्रीले काेराेना राेकथामका लागि सहयाेग पुग्ने उहाँ ले बताउनुभयाे । यश अघि पनि मेडिकल हलले विभिन्न संघ संस्थाहरूलाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे थियाे ।