विशेष
म्याग्दीका विद्यालय कर्मचारीद्धारा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना (तस्बिर/भिडियाे)
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८०, शुक्रबार
म्याग्दी , २६ जेठ । सरकारले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलित बनेको छ । परिषदको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा दुई दिने धर्ना दिएका छन् । https://youtu.be/7eczHEHcOCA सरकारलाई माग सम्बोधनको लागि दबाब दिन उनीहरुले विहिवार र शुक्रवार... पुरा पढ्नुहोस
बेनी–बगरफाँट जोड्ने बेलिब्रिज पुल निर्माण सम्पन्न
- 1 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, २५ जेठ । पर्वतको जलजला गाउँपालिका वडा नम्वर २ र ३ मा पर्ने बगरफाँटबासीलाइ म्याग्दीको सदरमुकाम बेनीसंग जोड्ने बसपार्कस्थित कालीगण्डकी नदी माथि बेलिब्रिज पुल निर्माण सम्पन्न भएको छ । कालीपुल बसपार्कदेखि बगरफाँट जोड्ने ४५ मिटर लामो बेलिव्रिज निर्माण सम्पन्न भएसँगै बगरफाँट बसोबास गर्दै आएका करिब तीन सय घरधुरीले... पुरा पढ्नुहोस
बेनी नगरको पहिचान झल्कने लोगो सार्वजनिक
- 1 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, २५ जेठ । बेनी नगरपालिकाले पहिचान झल्कने आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार कार्यालय परिसरमा जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने सूचना गर्दै खुल्ला प्रतिस्पर्धा... पुरा पढ्नुहोस
विद्यालय कर्मचारीले पाउने सेवासुविधा रघुगंगामा कार्यान्वयन गर्न माग
- 1 बर्ष, 7 महिना अगाडि
- २३ जेष्ठ २०८०, मंगलवार
नेपाल विद्यालय कर्मचारी परिषद् रघुगंगा गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि गर्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । परिषदले खरिदार सरहको सेवा सुविधा आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्न माग गर्दै रघुगंगा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्णाप्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । विद्यालयमा कार्यरत लेखापाललाई खरिदार... पुरा पढ्नुहोस
वाइसिएल धवलागिरीको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 7 महिना अगाडि
- २३ जेष्ठ २०८०, मंगलवार
ताकम, २३ जेठ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको धवलागिरी गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ । ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली, नरबहादुर परियार, तुलसी पौडेल, भरत हर्मेल, सचिवमा विपिन पौडेल, सहसचिवमा खकप्रसाद बिक र कोषाध्यक्षमा... पुरा पढ्नुहोस
वाइसीएल मालिकाको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 7 महिना अगाडि
- २३ जेष्ठ २०८०, मंगलवार
दरवाङ, २३ जेठ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योगं कम्युनिष्ट लिग (वाईसिएल) मालिका गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा भिम रोका,... पुरा पढ्नुहोस
पाखापानीमा घाँस काट्न गएकी महिलालाई बाढीले बगाउँदा मृत्यु
- 1 बर्ष, 7 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
बेनी, २२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीमा एक महिलालाई बाढीले बगाउँदा मृत्यु भएको छ। सोमबार दिउँसो जंगलमा घाँस काट्न गएकी कालावाङकी २४ बर्षीय हरिमाया शेरपुञ्जाको खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । नाङ्गे जंगलस्थित खोल्सामा घास काट्ने क्रममा भिषण बर्षापछि माथिबाट आए बाढीले उनलाई... पुरा पढ्नुहोस
बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण
- 1 बर्ष, 7 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
बेनी, २२ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि निर्माण भएको पार्कको सौन्दर्यकरण गर्न विभिन्न फुल प्रजातिका विरुवाहरु रोपिएको डिभिजन... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन
- 1 बर्ष, 7 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २२ जेठ । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख... पुरा पढ्नुहोस
विश्व वातावरण दिवस : लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान (तस्बिर सहित)
- 1 बर्ष, 7 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
बेनी, २२ जेठ : विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो । बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लि.ले... पुरा पढ्नुहोस