विशेष
राहुघाटमा निर्माणाधीन ५ विद्युत् आयोजना अन्तिम चरणमा
- 6 महिना, 10 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने रघुगंगा नदिमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने रघुगंगा यसका र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन... पुरा पढ्नुहोस
पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल लियो गति
- 6 महिना, 10 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।... पुरा पढ्नुहोस
बावियाचौरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ सुरु (फोटो फिचर)
- 6 महिना, 11 दिन अगाडि
- ८ बैशाख २०८१, शनिबार
म्याग्दी ८ वैशाख । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा सुरु भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ... पुरा पढ्नुहोस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
- 6 महिना, 11 दिन अगाडि
- ८ बैशाख २०८१, शनिबार
म्याग्दी ८ वैशाख । अष्ट्रेलियाका पिटर जेटी हल सन १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ । नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा खयर क्षेत्रमा पुग्नुभएका पिटर... पुरा पढ्नुहोस
डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे
- 6 महिना, 12 दिन अगाडि
- ७ बैशाख २०८१, शुक्रबार
म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। सिमलचौर लगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तुँवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ... पुरा पढ्नुहोस
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
- 6 महिना, 12 दिन अगाडि
- ७ बैशाख २०८१, शुक्रबार
गलेश्वर (म्याग्दी), वैशाख ७- । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस
बेनीमा कृषि बजारको भवन निर्माण सुरु
- 6 महिना, 12 दिन अगाडि
- ७ बैशाख २०८१, शुक्रबार
म्याग्दी।जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिनुभयो । “सङ्घीय सरकारको कृषि... पुरा पढ्नुहोस
सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि माग
- 6 महिना, 13 दिन अगाडि
- ६ बैशाख २०८१, बिहीबार
बेनी, ६ वैशाख ः म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसको अध्यक्षमा पुनः यामबहादुर थापा चयन
- 6 महिना, 13 दिन अगाडि
- ६ बैशाख २०८१, बिहीबार
म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः यामबहादुर थापा सर्वसम्मतले चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा रोका,शेर बहादुर क्षेत्री, कलदेवी जिसी, बिना भण्डारी, बिन्दु मल्ल, टंकप्रसाद बुढाथोकी, कविन्द्र रोका, सुकबहादुर घर्ति क्षेत्री र गणेश बहादुर... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा आधुनिक कम्प्युटर ल्याब स्थापना
- 6 महिना, 13 दिन अगाडि
- ६ बैशाख २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु १५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । विद्यालयमा सर्वर सिस्टमबाट चल्ने २०... पुरा पढ्नुहोस