विशेष
मंगलामा अपाङ्गता परिचय पत्र वितरण
- 2 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी, २३ फागुन । मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ बमोजिम हालसम्म ९८ जनालाई वितरण गरेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो । आईतबार अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले... पुरा पढ्नुहोस
मालिकाको केन्द्र दरबाङमा बजार अनुगमन
- 2 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
दरबाङ २३ फागुन । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख सौरभ श्रेष्ठको नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा... पुरा पढ्नुहोस
विद्यार्थी कुटपिटको घटनामा सहमतिः उपचारखर्च विद्यालयले व्यहोर्ने, शिक्षकले मागे माफी
- 2 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी २३ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको घटनामा कुटपिट गर्ने शिक्षकले लिखित रुपमा माफी मागेपछि दुबै पक्षबीच सहमति भएको छ । गएको फागुन १३ गते कक्षा कोठामा विद्यार्थीले पछाडीबाट शिक्षकलाई कागजले हानेको भन्दै शिक्षक नविन घिमिरेले राजन पौडेल सहित पाँच... पुरा पढ्नुहोस
मंगलामा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड
- 2 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २२ फागुन । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा आईतबार बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको हो । पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट... पुरा पढ्नुहोस
सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग
- 2 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २२ फागुन । तीन जना जेष्ठ नागरिकले चौरासी पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख, उहाँकी श्रीमति धनमाया पुनले एक लाख रुपैया र सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही... पुरा पढ्नुहोस
म्याग्दी जेसीज उत्कृष्ट शाखा
- 2 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७८, आईतवार
बेनी, २२ फागुन । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो । नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा... पुरा पढ्नुहोस
घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन
- 2 बर्ष, 8 महिना अगाडि
- २१ फाल्गुन २०७८, शनिबार
म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने
- 2 बर्ष, 8 महिना अगाडि
- २१ फाल्गुन २०७८, शनिबार
बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि... पुरा पढ्नुहोस
रत्नेचौरमा धार्मिक महोत्सवको तयारी तीव्र (भिडियाे सहित)
- 2 बर्ष, 8 महिना अगाडि
- २१ फाल्गुन २०७८, शनिबार
म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गरिएको छ । https://www.youtube.com/watch?v=p4521lEEEGE&t=12s लक्ष्मीहरि... पुरा पढ्नुहोस
घुम्टेको काख मल्ममा परम्परागत होली मेला हुँदै
- 2 बर्ष, 8 महिना अगाडि
- २० फाल्गुन २०७८, शुक्रबार
बागलुङ फागुन २० । खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३... पुरा पढ्नुहोस