म्याग्दी समाचार

म्याग्दीका साहित्यकारको मोति जयन्ती बालबालिकासँग मनाए

म्याग्दी, ५ भदौ। म्याग्दीका साहित्यकारहरुले १५२ औं मोति जयन्ती बालगृहका बालकालिकासँग मनाएका छन् । नेपाली साहित्य क्षेत्रमा गजल विधाको सुरुवात गर्ने मोतिको सम्झना तथा हरितालिका तिजको अवसरमा म्याग्दी साहित्य सञ्चारले रचना बाचन, शैक्षिक सामाग्री हस्तान्तरण तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । सञ्चारले बालगृहमा रहेका बालबालिकाहरुलाई दर खुवाउने, शैक्षिक... पुरा पढ्नुहोस

म्याग्दीमा चार हजार मतदाता थपिए

म्याग्दी ५ भदौ । म्याग्दीमा चार हजार जना मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेको थियो । सो अवधिमा चार हजार २३७ जनाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

घलेम्दी जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकियो (फोटो फिचर)

म्याग्दी, ५ भदौ । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालीका – ४ नारच्याङमा निर्माणाधिन घलेम्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमत्ताको आयोजनाको करिब १ हजार ७ सय मिटर लामो सुरुङ निर्माण कार्य आईतबार सकिएको हो । बाँधतर्फबाट ७ सय र आउटलेट... पुरा पढ्नुहोस

वडा सदस्यहरुको सक्रियतामा अस्पताल परिसरमा सरसफाइ

म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाको वडा नः ८ का वडा सदस्यहरुको सक्रियतामा बेनी अस्पताल परिसर सरसफाई गरिएको छ । वडा सदस्यहरु हेम भण्डारी, हिरा पुन, जिल्ला समन्वय समितिका सदस्य खिममाया पुर्जा, समाज सेवि बिजय श्रेष्ठको सक्रियता र कालिपुल युनाईटेट क्लवका सदस्यको उपस्थितिमा सरसफाई गरिएको हो । बर्षा याम सुरु... पुरा पढ्नुहोस

म्याग्दी पोखरा चौतारीको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा प्रेमशंकर बरुवाल चयन

म्याग्दी, ३ भदौ । पोखरामा बसोबास गर्ने म्याग्देलिहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको तेस्रो साधारण सभा, अधिबेशन तथा तिजको दरखाने कार्यक्रम पोखरामा सम्पन्न भएको छ। महेश पराजुलिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विविध कारण जिल्ला बाहिर रहेपनि जिल्लाको सामाजिक क्षेत्रमा म्याग्देलिहरुको एकता बलियो रहेको बताउनुभयो... पुरा पढ्नुहोस

पवित्र आमा समुहको हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनमा हरितालिका तिज बिशेष कार्यक्रम शनिवार सम्पन्न भएको छ । आमा समुहले तिजको अबसरमा तिज गित प्रतियोगिता सहित विविध साँगीतिक कार्यक्रम आयोजना गरेको हो । सो क्रममा गाउँमा रहेका विभिन्न ६ वटा समुहले तिज गित तथा नृत्य प्रस्तुत... पुरा पढ्नुहोस

विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख... पुरा पढ्नुहोस

बाग्लुङमा सम्बन्ध विच्छेद गर्नेहरु बढे

बाग्लुङ- पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ। पछिल्लो चार वर्ष यता हरेक वर्ष सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता गर्नेको संख्या बढेको हो। जिल्ला अदालत बाग्लुङका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ४ सय ८१ मुद्दा दर्ता भएमध्ये सबै भन्दा धेरै सम्बन्ध विच्छेदका एक... पुरा पढ्नुहोस

पढ्नको लागि छेकेन उमेरले, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

बेनी ३ भदौ । बेनी नगरपालीका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ ।रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु... पुरा पढ्नुहोस

पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

  म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले... पुरा पढ्नुहोस