म्याग्दी समाचार

ब्यवहार परिर्वतन सम्बन्धी संचारकर्मी र सरोकारवालासंग छलफल

म्याग्दी,२३ जेठ । जिल्लामा क्रियालशिल संचारकर्मि एंवम पत्रकारहरुसंग  खानेपानी तथा सरसफाई  सम्वन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनको  आयोजनामा  ब्यवहार परिर्वतन सम्वन्धी एकदिने अन्तक्रिर्या  कार्यक्रम  आयोजना गरिएको हो । उक्त अभिमुखिकरण तालिमलाई उद्घाटन गर्दै स्थानीय विकास अधिकारी प्रेमराज गिरिले... पुरा पढ्नुहोस

बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट करिब साढे दुई लाख सहयोग

म्याग्दी, २३ जेठ ।  गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकाका दुई विद्यालयमा अनुगमन

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाँपालिकाका दुई विद्यालयमा अनुगमन गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग र गाजा फाउन्डेशनको सहकार्यमा म्याग्दीका २५ वटा विद्यालयमा सन्चालन हुने प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रम मध्ये पहिलो चरणमा लागु भएका १० विद्यालय मध्ये अन्नपुर्ण गाँपालिकाका वडा नः ४ न्याच्याङको प्रभा माध्यामिक विद्यालय र... पुरा पढ्नुहोस

वेष्ट पोइन्टद्वारा विश्व बताबरण दिवसमा वृक्षारोपण

म्याग्दी, २२ जेठ ।  न्यु वेष्ट पोइन्ट आवासीय माविले रजत जयन्तिको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बिश्व बाताबरण दिवस (जुन ५) को अवसर पारेर सोमबार वृक्षारोपण गरेको हो । बिद्यालयले बर्ष २०७४ लाई रजत जयन्ति बर्षको रुपमा मनाईरहेको छ । बे न पा ८ स्थित जलेश्वर सामुदायिक बनमा खंनिम, बडहर... पुरा पढ्नुहोस

बेनी नगरपालिकालाई समृद्ध बनाउन आम्दानीका स्रोतहरुको खोजी गरिने

म्याग्दी, २२ जेठ । बेनी नगरपालिकालाई समृद्ध बनाउन आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउन पहल गरिने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा बिजयी बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानको लागि सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।... पुरा पढ्नुहोस

रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न

बेनी २२ जेठ । बेनीमा सोमबार रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न भएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था लि. अन्तरगत सञ्चालीत म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा जेठ १५ गतेदेखि तालीम सुरु भएको थियो । सात दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, बागलुङ र पर्वतका २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको... पुरा पढ्नुहोस

घारमा जनप्रतिनिधिहरुलाई सम्मान

म्याग्दी, २२ जेठ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सोमबार जनप्रतिनिधिहरुलाई सम्मान तथा विश्व वातावरण दिवस मनाईएको छ । मुक्तिमार्ग मावि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा आयोजित हाजिरी जबाफ प्रतियोगितामा मुक्तिमार्ग मावि प्रथम र खिबाङ आधारभुत विद्यालय द्धितिय हुन सफल भएका... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाई

  बेनी, २२ जेठ । ४७ औं विश्व वातावरण दिवस तथा १८ औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले वृक्षरोपण तथा सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका २ सय जना विद्यार्थी,शिक्षक र कर्मचारीले  म्याग्दी नदी किनार,हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरंजा सडकको... पुरा पढ्नुहोस

लिटल गार्डेनका विद्यार्थीले गरे म्याग्दी–कालिगण्डकी नदीको करिडोर सरसफाई( फोटोफिचर)

म्याग्दी, २२ जेठ । म्याग्दी सदरमुकाम हुँदै बग्ने पवित्र कालिगण्डकी र म्याग्दी नदीको किनारमा बजारबासीले फालेको फोहोर विद्यार्थीले हटाएका छन् । ४७ औँ विश्व वातावरण दिवसको अबसरमा बेनी स्थिन लिटल गार्डेन एकेडेमिले सोमबार बेनी स्थित कालिगण्डकी नदी र म्याग्दी नदीको किनारमा फालिएको फोहोर सरसफाई गरेका हुन् । बेनी नगरपालिका अगाडीको... पुरा पढ्नुहोस

सरसफाई सप्ताह सुरु, वातावरण दिवसको अवसरमा वृक्षारोपण

बेनी २२ जेठ । म्याग्दीमा सोमबारदेखि १८ औ राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ । यसैगरी सोमबारनै बिभिन्न कार्यक्रम गरेर ४७ औ विश्व वातावरण दिवस मनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र वास पत्रकार मञ्चको आयोजनामा सरसफाई सप्ताहको अवसरमा बेनीको कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरीएको छ... पुरा पढ्नुहोस