म्याग्दी उद्योग बाणिज्य संघ अधिबेशन हुने

  • ३० भाद्र २०७४, शुक्रबार
  • 2677 पटक पढिएको

म्याग्दी, ३० भदौँ । म्याग्दी उद्योग बाणिज्य संघको २४ औ साधारण सभा तथा १० अधिबेशन आगामी कातिकमा हुने भएको छ । संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षतामा विहिबार बसेको बैठकले कात्तिक ११ गते गर्ने निर्णय गरेको हो ।


संघको ३ तिन बर्षे कार्यकाल पुरा भएपछाडी म्याग्दी उद्योग बाणिज्य संघले साधारण सभा सगै नया नेतृत्व चयनको लागि अधिबेशन समेत गर्न लागेको हो ।
कार्यसमितिको बैठकले साधारण सभा तथा अधिबेशनको मिति तोक्दै संघमा आवद्ध साधारण सदस्यहरुलाई जानकारी गराएको संघका महासचिव राजेश शाक्यले बताए ।