म्याग्दी समाचार

ज्ञानोदय माविमा आधुनिक कम्प्युटर ल्याब स्थापना

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु १५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । विद्यालयमा सर्वर सिस्टमबाट चल्ने २०... पुरा पढ्नुहोस

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ... पुरा पढ्नुहोस

‘एक पैसा कहिलेलाई ? चैतेदसैँलाई‘’

बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा‘’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी चयन

  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन्­ । बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले... पुरा पढ्नुहोस

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा... पुरा पढ्नुहोस

चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र

थम्मन थापा बागलुङ वैशाख २ । प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख... पुरा पढ्नुहोस

पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालन

धवलागिरी क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो । व्यवसायी कृष्ण केसीले ३९ वटा कोठाको होटल सञ्चालनमा ल्याएका हुन् । होटलको १०२ जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको छ... पुरा पढ्नुहोस

म्याग्दीको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छेडियो

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका ७ र ८ मा निर्माणाधीन ३७ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु' भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको बन्दीको अडिट १ र खरिबोटमा रहेको अडिट २ जोड्ने सुरुङको हिजो बेलुका 'ब्रेक थ्रु' भएको हो ।... पुरा पढ्नुहोस

पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए । “विसं २०६३ मा चौरखानीका... पुरा पढ्नुहोस

जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान

  बेनी, २७ चैत । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई चितवनमा सम्मान गरेको छ । मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड मूल्य बराबरको २३६.४५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा निशूल्क... पुरा पढ्नुहोस