म्याग्दी समाचार
विदेशी सवारीलाई करको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २८ वैशाख । विदेशी सवारीसाधनलाई स्थानीय करको दायरामा ल्याउनुपर्ने मागसहित शुक्रबार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले विदेशी नम्बर प्लेटका गाडीहरु विना रोकतोक गुडिरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपालको विभिन्न नाकाबाट विशेष गरी भारतीय नम्बर प्लेटका सवारीसाधनहरु सामान्य भन्सार... पुरा पढ्नुहोस
बेनीमा सडक मर्मत सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
बेनी २८ बैशाख । म्याग्दी सदरमुकाम बेनी बजारभित्रका सडक मर्मतको काम सुरु भएको छ । बेनी नगरपालिकाले बजार क्षेत्रको सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा मर्मत सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा... पुरा पढ्नुहोस
पर्वत बेनीमा ब्यवसाय दर्ता शिवीर सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
बेनी २८ बैशाख । जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रबार ब्यवसाय दर्ता शिवीर सम्पन्न भएको छ । गाउँपालिका र पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको शिवीरमा ७१ जनाले व्यवसाय दर्ता गरेका छन् । शिवीरबाट एक लाख ४२ हजार रुपैया राजस्व संकलन भएको गाउँपालिकाका सामाजिक... पुरा पढ्नुहोस
गलेश्वरमा भक्तजन आगमनसंगै भेटि समेत बढ्यो
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
बेनी २८ बैशाख । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा भक्तजन आगमनसंगै भेटी समेत बढ्दै गएको छ । पन्ध्र दिनमै साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन हुन थालेको छ । बैशाख ४ देखि २७ गतेसम्म दुई लाख ६१ ह्जार रुपैया भेटि संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय... पुरा पढ्नुहोस
मोदीको स्वागतको लागि चिटिक्क प¥यो मुक्तिनाथ, सेताम्मे हिउँभित्रको मुक्तिनाथमा तयारी पुरा (फाेटाे फिचर
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
मुस्ताङ २८ वैशाख । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा चिनिने मुस्ताङको मुक्तिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पुरा भएको हाे। शनिवार विहान मुक्तिनाथमा हुन लागेको मोदीको धार्मिक भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाण्डौबाट हेलिकप्टर मार्फत मुस्ताङ आउने मोदीको स्वागतको लागि मुक्तिनाथ परिसर चिटिक्क परेको... पुरा पढ्नुहोस
सूचना केन्द्रको इन्टरनेट जडानका लागि मोना यूएईबाट ३० हजार सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी,२८ बैशाख । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि मोना युएईबाट ३० हजार आर्थिक सहयोग भएको छ । म्याग्दी भ्रमण बर्ष २०७५ लाई लक्षित गरेर जिल्लामा आउने पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको पर्यटन सूचना केन्द्रका लागि शुक्रबार मोना युएई( दुवै) का... पुरा पढ्नुहोस
गायत्री संगम युवा क्लबद्धारा मन्दिरलाई सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरमा रहेको गायत्री संगम युवा क्लबले स्थानीय गायत्री मन्दिरलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष कुमार तिलिजा, सचिब एकिन पुर्जा, कोषाध्यक्ष मन्जु पुर्जा लगायत क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले मन्दिरमा पुगेर रु २० हजार आर्थिक सहयोग गरेका हुन् । हालै घुमाउनेतालमा खेलकुद एवम... पुरा पढ्नुहोस
म्याग्दीका ६ ठाउँमा लामो झोलुङ्गे पुलको अध्ययन गर्न सिफारिस
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २८ वैशाख । पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणको लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीहरुलाई जोड्नको लागि लामो झोलुङ्गे पुल निर्माणको लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो ।... पुरा पढ्नुहोस
वारीबेनीमा ब्यवसाय दर्ता गर्न घुम्ती टोली परिचालन
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
बेनी २८ बैशाख । जलजला गाउँपालिका ३ पर्वत बेनीमा बिहीबारदेखि ब्यवसाय दर्ताका लागि घुम्ती शिवीर सुरु भएको छ । उद्योग व्यवसायलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीय स्तरमै ब्यवसाय दर्ता गराएको हो । घुम्ती टोली मार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा ब्यवसाय दर्ता... पुरा पढ्नुहोस
अन्नपूर्णमा थप तिन कार्यबिधी पारित
- 7 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी २८ बैशाख । अन्नपूर्ण गाउँ पालिकाले स्थानीय सरकार सञ्चालन सम्बन्धि ऐन, कानुन, कार्यबिधी तयार पार्ने कामलाई तिब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा पोखरेबगर स्थित कार्यालयमा यसैहप्ता बसेको कार्यपालिका बैठकले थप तिन वटा कार्यबिधी पारित गरेको छ । सहकारी सञ्चालन, उपभोक्ता समिति गठन र घ बर्गको निर्माण... पुरा पढ्नुहोस