म्याग्दी समाचार
म्याग्दीमा आठ किलोमिटर सडक कालोपत्रे
- 8 महिना, 30 दिन अगाडि
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दी , ८ साउन । म्याग्दीमा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालन भएका आयोजनाहरुबाट आठ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनाहरु मार्फत ८ दशमलब १८२ किलोमिटर सडक कालोपत्र र ४ दशमलब २७३ किलोमिटर सडक ढलान भएको हो। सडक... पुरा पढ्नुहोस
लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो
- 9 महिना अगाडि
- ७ श्रावण २०८१, सोमबार
म्याग्दी । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा निर्माण गरिएको उक्त चौतारीमा सोमवार एक कार्यक्रमको आयोजना गरि... पुरा पढ्नुहोस
बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो
- 9 महिना अगाडि
- ७ श्रावण २०८१, सोमबार
अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल... पुरा पढ्नुहोस
राहुघाट आयोजनाको मुख्य सुरुङ छिचोल्ने काम अन्तिम चरणमा,१३ मिटर सुरुङ खन्न बाँकी
- 9 महिना, 1 दिन अगाडि
- ६ श्रावण २०८१, आईतवार
६ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन... पुरा पढ्नुहोस
गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण
- 9 महिना, 3 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
म्याग्दी , ४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरिएको छ । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा संकलन भएको भेटी रकम र आश्रममा सहयोगदाताबाट संकलन भएको रकमबाट ज्येष्ठ नागरिक आश्रममा सभाहल भवन निर्माण गरिएको हो । ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक... पुरा पढ्नुहोस
गलेश्वरधाम आमा समूहलाई व्यवसायि घिमिरेद्धारा साउण्ड सिस्टम सहयोग
- 9 महिना, 3 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई व्यवसायि डम्मर घिमिरेले साउण्ड सिस्टम सहयोग गर्नुभएको । मंगलदिप र चम्पा धुपका अधिकृत बिक्रेता समेत रहनुभएका लभ्लिहिल टे«डसका सञ्चालक डम्मर घिमिरेले एक थान साउण्ड सिस्टम सहयोग गर्नुभएको हो । घिमिरेले आफ्नो व्यावासायिक सामाजिक उत्तरदायित्व अन्तरगत आमा समूहलाई साउण्ड सिस्टम सहयोग गरेको बताउनुभयो... पुरा पढ्नुहोस
बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा सवारी अवरुद्ध
- 9 महिना, 3 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
म्याग्दी ,४ साउन । म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध भएको छ । बेनी नगरपालिका–४ फापरखेत र मङ्गला गाउँपालिका–२, को सिमाना घुमानेभीरको पहिरोले सडक अबरुद्ध हुँदा एक सातादेखि पश्चिम म्याग्दीको जनजिवन प्रभावित बनेको छ । यो सडकखण्ड हुँदै मंगला, मालिका र... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा आर्थिक बर्षको पहिलो दिनबाटै योजना कार्यान्वयन प्रकृया सुरु
- 9 महिना, 6 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
म्याग्दी, १ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत खर्चलाई बढाउन आर्थिक बर्षको पहिलो दिनबाटै योजना कार्यान्वयन प्रकृया सुरु गरेको छ । आजदेखि सुरु भएको आर्थिक बर्ष २०८१/०८२ को पहिला दिननै गाउँपालिकाले अन्नपूर्ण–८ राम्चेको वडा कार्यालय भवनमा तला थप गर्ने योजनाको ठेक्का आह्वान गरेको हो । गत असार १२ गते सम्पन्न... पुरा पढ्नुहोस
साउने संक्रान्तिमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक विदा
- 9 महिना, 6 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभित्र हर्षोउल्लासका साथ मनाइने साउने संक्रान्ति अर्थात राँके संक्रान्तिको अवसरमा मंगलवार गाउँपालिका भरिका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गत असार १२ गतेको गाउँसभा बैठकको... पुरा पढ्नुहोस
बेनी नगरको सार्वजनिक सुनुवाई : पूँजीगत खर्च ८५ प्रतिशत
- 9 महिना, 6 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को... पुरा पढ्नुहोस