समाजसेवि शाहीद्धारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण
- ८ श्रावण २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ । राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८१ मा ए प्लस ग्रेड ल्याउनेलाई रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु ५ हजार नगद पुरस्कार दिने शाहीले घोषणा गर्नुभएको थियो ।
पूर्व घोषणा अनुसार मुक्तिधाम माविमा आयोजित एक समारोहमा १४ जना विद्यार्थीहरुलाई कुल नगद रु ७५ हजार पुरस्कार वितरण गरिएको हो । एसइई परिक्षामा ए प्लस ग्रेड ल्याउन सफल मुक्तिधाम माविका अनमोल भण्डारीलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यसैगरि परिक्षामा ए ग्रेड ल्याउन सफल मुक्तिधाम माविका साधारणधार तर्फका २ जना र प्राविधिक धारतर्फका ११ जना विद्यार्थीहरुलाई जनही नगद रु ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष अमृत भण्डारी, मुक्तिधाम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, प्रधानध्यापक अमर बहादुर केसीलगायतले उत्कृष्ट नतिजा ल्याएर उर्तिण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी समाजसेवि शाहीले यसअघि पनि राखु क्षेत्रमा रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आउनुभएको छ भने विभिन्न सामाजिक क्षेत्रमा सहयोग समेत गर्दै आउनुभएको छ । समाजसेवी शाहीले एसइई परिक्षा २०८२ मा राखुका तीन वटै मावि विद्यालयबाट ४ जिपिए ल्याउन सफल विद्यार्थीलाई जनही नगद रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरुको नतिजामा सुुधार ल्याउन र विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन गर्नका लागि आफुले पुरस्कार प्रदान गर्दै आएको समाजसेवी शाहीले बताउनुभयो ।