म्याग्दी समाचार
ढोरपाटनमा नाउर घटे, झारल बढे
- 3 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७९, सोमबार
बागलुङ, २३ जेठ : पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई... पुरा पढ्नुहोस
‘कालीगण्डकी’माथि सय कविता
- 3 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७९, सोमबार
जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस
जिसस म्याग्दीको निर्वाचन असार ५ गते
- 3 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७९, सोमबार
म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस
दानास्थित मोति बराहमा १०८ धारा निर्माण
- 3 बर्ष, 8 महिना अगाडि
- २२ जेष्ठ २०७९, आईतवार
म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् । आर्थिक... पुरा पढ्नुहोस
म्याग्दीमा बढ्यो दूधको मूल्य
- 3 बर्ष, 8 महिना अगाडि
- २१ जेष्ठ २०७९, शनिबार
बेनी, २१ जेठ । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालन कृषकहरु खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र व्यापारीले अधिकतम रू १३२... पुरा पढ्नुहोस
१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम
- 3 बर्ष, 8 महिना अगाडि
- २१ जेष्ठ २०७९, शनिबार
म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो ।... पुरा पढ्नुहोस
जेसिजको आयोजनामा ‘सार्वजनिक भाषणकला’ तालिम
- 3 बर्ष, 8 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
म्याग्दी, १९ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत‘प्रभावकारी सार्वजनिक भाषण कला तालिम’ मा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व... पुरा पढ्नुहोस
बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया
- 3 बर्ष, 8 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
म्याग्दी, १९ जेठ । सामाजिक विकास कार्यालयको आयोजनामा बेनीमा बाल संजाल परिचालन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित... पुरा पढ्नुहोस
चिमखोलामा टेलिकमको सुविधा विस्तार भएपछि दुर्गम बस्तीका स्थानीय हर्षित
- 3 बर्ष, 8 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ । टेलिकमको सेवा विस्तार भएपछि मोवाईल फोनका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीयबासी हर्षित बनेका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा... पुरा पढ्नुहोस
म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र
- 3 बर्ष, 8 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
म्याग्दी १९ जेठ । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न... पुरा पढ्नुहोस