म्याग्दी समाचार
हिमपातका कारण गुर्जामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
- 2 बर्ष, 10 महिना अगाडि
- १५ पुष २०७८, बिहीबार
म्याग्दी १५ पुस । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि... पुरा पढ्नुहोस
नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित
- 2 बर्ष, 10 महिना अगाडि
- १५ पुष २०७८, बिहीबार
म्याग्दी १५ पुस । मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको... पुरा पढ्नुहोस
सडक पुगेपछि गाउँका दैनिकी फेरिदै
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
म्याग्दी, १४ पुस । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या परिवर्तन भएको छ... पुरा पढ्नुहोस
सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस
बलियो अभिभावकत्व नहुँना मुनाका एउटै परिवारका ६ बालबालिकाको पढाईमा सकस
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
म्याग्दी १४ पुस । एकतले साँघुरो घर, उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला आफैमा सक्षम छैनन् । वाक अपांगता भएका उनीहरु गाउँमा अरुलाई काममा सघाउने र मागेर घरखर्च चलाउने परिवारको रुपमा परिचित छन् । आर्थिक अवस्था कमजोर रहेको कारण परियार... पुरा पढ्नुहोस
पाखापानीलाई बालश्रममुक्त वडा घोषणा
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
बेनी, १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधवार पाखापानीमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु... पुरा पढ्नुहोस
म्याग्दीमा भारी हिमपात (फोटो फिचर)
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
म्याग्दी १४ पुस । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ । यस बर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी । मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली... पुरा पढ्नुहोस
म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा (तस्बिर सहित)
- 2 बर्ष, 10 महिना अगाडि
- १४ पुष २०७८, बुधबार
बेनी, १४ पुस । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर... पुरा पढ्नुहोस
झिँलाई बालश्रममुक्त वडा घोषणा
- 2 बर्ष, 10 महिना अगाडि
- १३ पुष २०७८, मंगलवार
बेनी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा... पुरा पढ्नुहोस
भिम बहादुर छन्त्यालद्वारा रितुङ्ग माविलाई रु १ लाख सहयोग
- 2 बर्ष, 10 महिना अगाडि
- १३ पुष २०७८, मंगलवार
म्याग्दी १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ खरिवोट निवासी भिम बहादुर छन्त्यालले स्थानीय रितुङ्ग माविलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ । हाल अमेरिकामा रहनुभएका छन्त्याल गाउँ आउनु भएको अवसरमा उहाँका कान्छा हजुरवावा दल बहादुर छन्त्यालको स्मृतिमा बिद्यालयलाई सो रकम सहयोग गर्नु भएको बिद्यालयका प्रधानाध्यापक... पुरा पढ्नुहोस