हाँडेभिरमा सुख्खा पहिरोले दुई पैदलयात्री घाईते

  • ८ भाद्र २०७९, बुधबार
  • 645 पटक पढिएको

बेनी, ८ भदौ । बेनी–बागलुङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


पहिरोमा परि रघुगंगा गाउँपालिका–४ दरमिजा घर भएका याममायाँ पाईजा र तालमाया पुन घाईते भएको प्रहरी नायव उपरिक्षक तिलम भारतीले बताए । घाईते दुईजनालाई टाउँको र शरिरमा चोट लागेको छ । उनीहरुलाई बेनी अस्पतालमा उपचार गरिएको छ । एकजना टाउको चोट लाग्नुभएकी थप उपचारका लागि पोखरा जानुभएको प्रनाउ भारतीले जानकारी दिनुभयो ।


रक कटिङ गरेर सडक फराकिलो बनाएको सो क्षेत्रमा सुख्खा पहिरो खसिरहन्छ । सो क्षेत्रमा पदैलयात्री र सवारीसाधनलाई आवातजावातमा जोखिम बढेको छ । सडक माथिको भाग चर्किएको छ । नियमित पहिरो खसिरहने क्रमले घटना दोहोरीने सम्भावना बढेको छ ।