गाै बाेमबस्त माध्यमिक विद्यालयमा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने

  • ७ भाद्र २०७९, मंगलवार
  • 1559 पटक पढिएको

प्रकाश अधिकारी ।
म्याग्दी ७ भदाै । गाै बाेमबस्त माध्यमिक विद्यालयकाे आयाेजनामा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएकाे छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा साविककाे देविस्थान गा‍‍विस भित्रका विद्यालयका विद्यार्थीहरुकाे प्रतिभा पहिचान  तथा संस्कृतिक जर्गेनाका लागि प्रतियाेगीताकाे आयाेजना गरिएको प्रतिभा बाल क्लबले जनाएकाे छ।

कार्यक्रम यही  भाद्र १० गाै बाेमबस्त माध्यमिक विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष विपशा सिउथानीले जानकारी  दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्ने प्रस्तुती रहने कार्यक्रममा विभिन्न ६ वटा विद्यालयले सहभागीता जनाउने बताईएको छ । नेपाली मौलिक कला संस्कृतिको संरक्षण सम्बर्धन गर्न विद्यार्थीहरु माझ तीजका भाका एवं नेपाली गीत संगीत प्रति अभिरुची बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाे  विद्यालयका प्रधानाध्यापक अमृत बुढाथाेकीले जाकारी दिनुभयाे ।

प्रतियोगितामा सहभागीता जनाउनकाे लागि विद्यालयकाे पत्र र वेशभूषा अनिवार्य गरिएकाे छ । मौलिक तीज गीतमा नृत्य गर्नुपर्ने छ भने एक समुहमा कम्तिमा चार जना हुनुपर्ने नियम बनाइएकाे छ ।  प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ । क्लबका सचिव विनिसा बुढाथाेकीका अनुसार  प्रतियोगिताको पहिलो पुरस्कार नगद तीन हजार  र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २ हजार र प्रमाणपत्र , तेस्राे पुरस्कार १ हजार र प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रम सभ्य र भव्य बनाउनका लागि देश विदेशमा रहेका देविस्थानवासी सबै आमा बुवा,दाजुभाइलाई सहयाेग गरिदिन बाल क्लबले  सबैलाई आग्रह समेत गरेकाे  छ ।