म्याग्दी समाचार

म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

म्याग्दी, १८ असोज । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा... पुरा पढ्नुहोस

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी १८ असोज। सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् ।   उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र... पुरा पढ्नुहोस

बेनी बजारको मनोरम दृष्य (तस्बिर)

बेनी, १७ असोज : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट देखिएको म्याग्दी नदी, सदरमुकाम बेनी बजार र आसपासको मनोरम दृष्य ।  तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

पर्वतको केराबारीमा पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध

  बेनी, १७ असोज । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ। केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका... पुरा पढ्नुहोस

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलको उम्मेदवारी

म्याग्दी , १७ असोज । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा पदाधिकारीमा म्याग्दीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष पदमा नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलले उम्मेदवारी दिनुभएको हो । एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । निवर्तमान प्रदेश कमिटी अध्यक्ष... पुरा पढ्नुहोस

पहिरोले बरंजामा पुरियो एक घर

  म्याग्दी, १७ असोज । अविरल बर्षापछि घर माथिबाट आएको पहिरोले म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाको घाम्ताङमा एक घर पुरिएको छ । दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पुर्‍याएको हो । स्थानीय दर्पण रोकाका अनुसार पहिरोले... पुरा पढ्नुहोस

बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल,... पुरा पढ्नुहोस

साढे दुई महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, १६ असोज । साढे दुई महिनादेखि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका चार सय घर परिवार अन्धकारमा छन् । गत असार २८ गते पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको... पुरा पढ्नुहोस

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

मुस्ताङ १६ असोज। नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गरे... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीद्वारा पहिरो पीडितलाई राहत वितरण

  म्याग्दी, १६ असार । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर... पुरा पढ्नुहोस