गलेश्वरधाम आमा समूहको १३ औँ साधारणसभा सम्पन्न
- २२ पुष २०८०, आईतवार
- 383 पटक पढिएको
म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमशिल, लगनशिल, सहनशिल नारीको कामना : सहकार्य, सदभाव, संगै सम्पूर्णमा गलेश्वरधाम आमा समूहको हार्दिक शुभकामना’’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न गरिएको हो ।
साधारण सभाको जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले उद्घाटन गर्नुभयो । उहाँले गलेश्वरधाम आमा समूहले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै आमा समूहले सचेतना अभिबृद्धि र कानुनी साक्षरताको क्षेत्रमा समेत रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, प्रहरी चौकीका इन्चार्ज विक्रम तिवारी, दतिल अधिकारकर्मी बालकुमार लामिछाने, आमा समूहका सदस्य देवी पाईजा लगायतले मन्तव्य राख्नुभएको थियो । आमा समूहका अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षतामा भएको कार्यक्रममा, शसस्त्र प्रहरी गुल्मका नायब निरिक्षक रामप्रसाद श्रेष्ठ लगायतको सहभागीता रहेको थियो भने उपाध्यक्ष विन्दु कार्की पुर्जाको स्वागत र सचिब निशा महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आमा समूका आठ जना सक्रिय सदस्यहरुलाई सम्मान गरिएको थियो । मनमति शेरपुञ्जा, सरस्वती पोखरेल, विष्णु कार्की, हमायाँ गर्वुजा, भुजमायाँ पुन, इनमायाँ पुन, पशुपति खत्री, सरस्वती शर्मालाई सम्मान गरिएको थियो भने आमा समूहलाई आर्थिक सहयोग गर्ने ४४ जनालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा आमा समुहका संस्थापक गौमायाँ गर्बुजालाइ सम्मान गरीएको थियो भने हालै वैदेशिक रोजगारमा कुवेत पुगेर अप्ठेरोमा परेर उद्धार भई घर फर्कनुभएकी काउलेगौडाँकी हिरा चोखाललाई नगद रु १० हजार १०५ सहयोग प्रदान गरिएको थियो ।