म्याग्दी समाचार
चिप्लीएर लड्दा बन्दुकको गोलीले शिकारीको ज्यान गयो
- 8 बर्ष, 10 महिना अगाडि
- १४ जेष्ठ २०७४, आईतवार
म्याग्दी, १४ जेठ । अन्नपूर्ण गाउँपालीका ७ महभिरमा बन्दुकको गोली लागेर एक शिकारीको ज्यान गएको छ । हिस्तानको डाँकावन जंगल क्षेत्रमा शनिबार राती शिकार खेल्न गएका मालीका गाउँपालीका २ रुमका ३४ वर्षिय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महभिर... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बेनी र दरवाङ बजारमा सरसफाई नवनिर्वाचित जनप्रतिनिधी देखि म्यादी प्रहरी समेत सहभागी
- 8 बर्ष, 10 महिना अगाडि
- १४ जेष्ठ २०७४, आईतवार
बेनी १४ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा आईतबार म्याग्दीको बेनी र दरवाङ बजारको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने मुल समारोह समितको निर्णय अनुसार बेनीमा जिल्ला युवा समिति र दरवाङमा मालीका गाउँपालीका कार्यालयको संयोजनमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा स्थानीय तह... पुरा पढ्नुहोस
स्वर्गिय श्रीमानको स्मृतिमा जिल्ला अस्पताललाई सहयोग
- 8 बर्ष, 10 महिना अगाडि
- १४ जेष्ठ २०७४, आईतवार
म्याग्दी, १४ जेठ । म्याग्दीको जिल्ला अस्पताललाई यहाँका एक घरपरिवारले सामाग्री हस्तान्तरण गरेका छन् । मगंला गाउँपालिका वडा १ की लिला पुनले स्वर्गिय श्रीमान मनबहादुर पुनको सम्झनामा अस्पताललाई आज रु १२ हजार बराबरको फुडसक्स मेशिन र प्याम्पस हस्तान्तरण गर्नु भएको हो । पुनको एक महिना अघि निधन भएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दीका नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता
- 8 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७४, शनिबार
म्याग्दी १३ जेठ । म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ । निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था छ... पुरा पढ्नुहोस
धौलागिरीमा जलविद्युतको विकासमा लागि उचित वातावरण तयार गर्ने साझा प्रतिवद्धता
- 8 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७४, शनिबार
म्याग्दी, १२ जेठ । धौलागिरीमा जलविद्युत क्षेत्रको विकासका निम्ति उचित वातावरण तयार गर्ने यहाँका सरोकारवालाहरुले साझा प्रतिबद्धता जनाएका छन् । नर्वेजीयन राजदुतावास र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा शनिबार बेनीमा सम्पन्न जलविद्युत विकासमा सहमती र जलविद्युत समाचार लेखन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठिमा सहभागी सरोकारवालाहरुले... पुरा पढ्नुहोस
घरदैलोमा पुगेका मेयर हरिकुमार श्रेष्ठलाई बेनपा ९ घतानमा भव्य सम्मान
- 8 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७४, शनिबार
म्याग्दी, १३ जेठ । बेनी नगरपालिका ९ घतानमा नेपाली काग्रेस गाउँ एकाई समिति र घतानका आमासमुहहरुले बेनी नगरपालिकाका नवनिर्वाचित मेयर हरिकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नगरपालिकाको मेयरमा विजयी भएपछि मतदातालाई धन्यवाद दिन शनिवार श्रेष्ठ बेनपा ९ घतानमा पुगेका हुन । उक्त सम्मान कार्यक्रममा सम्वोधन गर्दै मेयर हरिकुमार श्रेष्ठले हिजो... पुरा पढ्नुहोस
करेन्ट लागेर दुई बर्षिय बालकको मृत्यु
- 8 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७४, शनिबार
म्याग्दी, १३ जेठ । म्याग्दीको मंगला गाउँपालिका– २ बावियाचौरमा करेन्ट लागेर शनिवार एक बालकको ज्यान गएको छ । स्थानीय खिमबहादुर घर्तिमिरेको दुई बर्षिय छोरा नविन घर्तिमिरे को घरमा खेल्दै गर्दा विजुलिको तारमा छोइएपछि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई तले घरको छतमा बेनी नगरपालिका–५ घर भई आफ्नो... पुरा पढ्नुहोस
अन्तर मा.वी/कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु
- 8 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७४, शनिबार
म्याग्दी, न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्तर मा.वी÷कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । बिद्लाय्ले वर्ष २०७४ लाइ रजत जयन्ति बर्षको रुपमा मनाउने र वर्ष भरि नै विभिन्न कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस
फोक्सो रोगी खत्रीको निधन पछि बालबच्चाको पढाईमा समस्या
- 8 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७४, शुक्रबार
सन्दीप खत्री बेनी नगरपालीका ४ तातोपानीकी पवित्रा खत्रीको उपचारको क्रममा गत महिना निधन भएपछि उनका बालबच्चाको विचल्ली भएको छ । फोक्सो र मुटुको रोगबाट ग्रसित खत्रीको उपचारका लागि ओम कुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको थियो । खत्रीको पतिको समेत भूकम्पमा परि ज्यान गएपछि दुई बालबच्चाको हेरचाह खत्री स्वयम्ले गर्दै... पुरा पढ्नुहोस
उन्नतीले मनाईन ओमकुमारी शान्ति कोषसँग जन्म दिन
- 8 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७४, शुक्रबार
सन्दीप खत्री म्याग्दी । म्याग्दीमा पछिल्लो समयमा विभिन्न अवसर पारेर परोपकारी क्षेत्रमा सहयोग गर्ने परम्पराको विकास हुँदै गएको छ । जन्म दिन, अन्य कुनै विशेष दिन लगायतको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्ने गरेका छन् । यसैवीच बेनी नगरपालीका ७ मंगलाघाटका एक परिवारले छोरीको जन्मदिन परोपकारी संस्था... पुरा पढ्नुहोस