मुलुक
विद्यालय हिडेका तीन बालक बेपत्ता
- 2 बर्ष, 10 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
बुटवल २६ भदाै । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् । तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा... पुरा पढ्नुहोस
आजको मौसम : वर्षाको सम्भावना
- 2 बर्ष, 10 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
काठमाण्डौ २६ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले... पुरा पढ्नुहोस
माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल
- 2 बर्ष, 10 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
पाेखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले... पुरा पढ्नुहोस
दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
- 2 बर्ष, 10 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
दार्चुला, २५ भदौ । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको... पुरा पढ्नुहोस
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन असोज २३ गते हुने
- 2 बर्ष, 10 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
म्याग्दी, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,... पुरा पढ्नुहोस
दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बागलुङ, भदौ २३ : भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै... पुरा पढ्नुहोस
पर्यटकले छुटाउन नहुने पर्वतका गन्तव्य
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
कुश्मा, २३ भदौ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो... पुरा पढ्नुहोस
दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बागलुङ २३ भदाै। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा... पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव
- 2 बर्ष, 10 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो । विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ... पुरा पढ्नुहोस
ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने
- 2 बर्ष, 10 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
बागलुङ, २२ भदौ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका... पुरा पढ्नुहोस