मुलुक

स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने संकेत गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुको बैठक बोलाएर उनले संशोधन फेल हुने गरी प्रक्रिया अघि नबढाउने प्रस्ताव राखे । संशोधन पास गराउनै पर्छ भन्दै उनले समय लिएर पास गराउने गरी मात्र... पुरा पढ्नुहोस

नेपालमा अब लोडसेडिङ टर्‍यो, उद्योगमा आपूर्ति बढाउने प्राधिकरणको तयारी

काठमाडौं, १७ फागुन। विभिन्न शंका र चर्चाबीच नेपाल विद्युत् प्राधिकरणको कुशल व्यवस्थापनले गर्दा यो वर्ष विद्युत्भार कटौती (लोडसेडिङ) टरेको छ । अर्को वर्षदेखि विभिन्न आयोजनाबाट उत्पादित बिजुली थप हुने भएकाले पनि नेपालमा लोडसेडिङ अब टर्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । तिहारदेखि प्राधिकरणले काठमाडौं उपत्यकालगायत वनेपा, धुलिखेल र पाँचखाललाई... पुरा पढ्नुहोस

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

काठमाडौ, १७ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दाबी गरेका छन्। करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले सोमबार नागरिकलाई बताए। एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ। तीन प्रतिशत बिजुली चुहावट... पुरा पढ्नुहोस

बुधबारभित्र दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन्। सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‌यौं , हामीले त्यसका विरुद्ध संघर्ष गर्‌यौं । सबै... पुरा पढ्नुहोस

तराईको स्थानीय तह मिलाउन हम्मे, आज साँझसम्ममा टुंग्याउने पुनरावलोकन कार्यदलको तयारी

काठमाडौं, १६ फागुन । स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको ७१९ स्थानीय तहलाई पुनरावलोकन टुंग्याउन कार्यदललाई हम्मेहम्मे परेको छ । आज (सोमबार)सम्मको समय पाएको स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले विशेष गरी तराईका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गर्ने तयारी गरेको छ । आयोगको प्रतिवेदनमा तराईमा ३४ प्रतिशत गाउँपालिका र नगरपालिका... पुरा पढ्नुहोस

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

काठमाडौं, १६ फागुन । सोलुखुम्बु-सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा छन्। स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त छन्। किरातीले टेलिफोनमा भने “यो पटक गाउँपालिकामा नेतृत्व गरेर करियर विकास गर्ने ठूलो... पुरा पढ्नुहोस

अमेरिकामा नेपाली विषयको पढाइ

काठमाडौं, १६ फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई... पुरा पढ्नुहोस

निर्वाचन सुरक्षामा तीन घेराः तेस्रो घेरामा सेना परिचालन हुने

काठमाडौं, १६ फागुन । आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन... पुरा पढ्नुहोस

कुलमान भन्छन्, ‘अब लोडसेडिङको बहस नगरौं’ (भिडियोसहित)

‘अब लोडसेडिङको बहस गर्नुपर्दैन,’ काठमाडौंमा गोगो फाउण्डेसनको सम्मान लिएपछि घिसिङ भन्दैथिए, ‘अब लोडसेडिङ मुक्त गर्छौं ।’ उनले भारतबाट गत वर्षभन्दा ५० मेगावाट थप भएको भन्दै आफूले ‘क्राइसिस मेनेजमेन्ट’मात्रै गर्दा अहिलेको सफलता हात परेको बताए । घिसिङले विस्तारै नेपाल विद्युतमा आत्मनिर्भर हुँदै गएको उल्लेख गरे । ‘दुई वर्षभित्र ८–९ सय मेगावाट... पुरा पढ्नुहोस