मुलुक

​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन्। सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‌यौं , हामीले त्यसका विरुद्ध संघर्ष गर्‌यौं । सबै... पुरा पढ्नुहोस

तराईको स्थानीय तह मिलाउन हम्मे, आज साँझसम्ममा टुंग्याउने पुनरावलोकन कार्यदलको तयारी

काठमाडौं, १६ फागुन । स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको ७१९ स्थानीय तहलाई पुनरावलोकन टुंग्याउन कार्यदललाई हम्मेहम्मे परेको छ । आज (सोमबार)सम्मको समय पाएको स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले विशेष गरी तराईका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गर्ने तयारी गरेको छ । आयोगको प्रतिवेदनमा तराईमा ३४ प्रतिशत गाउँपालिका र नगरपालिका... पुरा पढ्नुहोस

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

काठमाडौं, १६ फागुन । सोलुखुम्बु-सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा छन्। स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त छन्। किरातीले टेलिफोनमा भने “यो पटक गाउँपालिकामा नेतृत्व गरेर करियर विकास गर्ने ठूलो... पुरा पढ्नुहोस

अमेरिकामा नेपाली विषयको पढाइ

काठमाडौं, १६ फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई... पुरा पढ्नुहोस

निर्वाचन सुरक्षामा तीन घेराः तेस्रो घेरामा सेना परिचालन हुने

काठमाडौं, १६ फागुन । आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन... पुरा पढ्नुहोस

कुलमान भन्छन्, ‘अब लोडसेडिङको बहस नगरौं’ (भिडियोसहित)

‘अब लोडसेडिङको बहस गर्नुपर्दैन,’ काठमाडौंमा गोगो फाउण्डेसनको सम्मान लिएपछि घिसिङ भन्दैथिए, ‘अब लोडसेडिङ मुक्त गर्छौं ।’ उनले भारतबाट गत वर्षभन्दा ५० मेगावाट थप भएको भन्दै आफूले ‘क्राइसिस मेनेजमेन्ट’मात्रै गर्दा अहिलेको सफलता हात परेको बताए । घिसिङले विस्तारै नेपाल विद्युतमा आत्मनिर्भर हुँदै गएको उल्लेख गरे । ‘दुई वर्षभित्र ८–९ सय मेगावाट... पुरा पढ्नुहोस

लामाको नागरिकता नै शंकास्पद

काठमाडौं, १६ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि प्रस्तावित राजदूत आशा लामाको नागरिकताका विवरणहरू शंकास्पद देखिएका छन् । २०४८ असोज १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकता र त्यसको प्रतिलिपिमा उल्लिखित जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर नै बेग्लाबेग्लै छन् । पहिलोमा नागरिकता नम्बर २८८९ छ... पुरा पढ्नुहोस

लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, प्रहरी सईको टाउकोमा चोट

काठमाडौं, १६ फागुन, काठमाडौं । फाल्गुन १६, २०७३- लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा सोमबार बिहान बिद्यार्थीबीच झडप भएको छ । अनेरास्ववियु समर्थित विद्यार्थी र नेविसंघसमर्थित विद्यार्थीबीच झडप हुँदा छुट्याउने क्रममा विद्यार्थीको प्रहारबाट सुन्दरबजार इलाका प्रहरी कार्यालयका सई होमनाथ अधिकारी घाइते भएको डीएसपी समीरचन्द्र खरेलले बताए... पुरा पढ्नुहोस

एमाले राष्ट्रघाती : गृहमन्त्री

काठमाडौं, १६ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसबाट एमालेलाई बढार्ने गरी प्रचार अभियानमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। 'कोर' मधेसबाट चुनावी अभियान सुरु गर्न आयोजित कार्यक्रममा कांग्रेस नेता निधिले एमालेले राष्ट्रघाती काम गरिरहेको आरोप लगाउँदै त्यसैलाई गाउँगाउँ प्रचारमा लाग्न अह्राए। पार्टीको भगिनी संगठन महिला संघ, सिरहाले आयोजना... पुरा पढ्नुहोस

दुर्घटनाका कारण बालाजु क्षेत्र तनावग्रस्त

काठमाडौं, १६ फागुन । काठमाडौंको बालाजु माछापाेखरीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शनका कारण त्यस क्षेत्रको यातायात प्रभावित भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । आज विहान ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प... पुरा पढ्नुहोस