मुलुक

बेलायतमा गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा सुरु

एजेन्सी । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा शुरू भएको छ । बुधबार विहान लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहबाट पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका छन् ।भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको जन्मघर... पुरा पढ्नुहोस

प्रअ कार्कीकाे हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाउने आरोपित सार्वजनिक

म्याग्दी, १० असार । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाएको पुष्टि भएको छ। प्रअ कार्कीको हत्यापछि म्याग्दी नदीमा बगाउने अभियुक्त सोही ठाउँका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेका छन् । ब्यक्तिगत रिसिबीका कारण हत्या गरेको आरोपित... पुरा पढ्नुहोस

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाण्डौ ६ असार । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन... पुरा पढ्नुहोस

आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो

असार, ५ काठमाडौं । कोभिड(१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् । संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू... पुरा पढ्नुहोस

पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित

यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढी पहिरोबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्ला भरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।  बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई... पुरा पढ्नुहोस

पहीरोको उच्च जोखीममा तमीलाखर्कका बासीन्दा

कृष्ण कार्की पर्वत १ असार । लगातारको वर्षातका कारण पर्वतको जलजला गाउँपालीका वडा न .२ तमिलाखर्क बस्ति मुनीबाट नीरन्तररुपमा पहीरो खसीरहेको छ । रातीदेखी मुसलधारे बर्षासंगै सुरु भएको पहीरो बस्ति नजीक पुगीसकेको स्थानीय बासीन्दा राम बहादुर कार्कीले बताउनु भयो । उत्त पहीरोको कारण तमिलाखर्कका १६ घर परीवार उच्च जोखीममा परेका... पुरा पढ्नुहोस

गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख  र वित्तिय व्यवस्थापन तर्फ... पुरा पढ्नुहोस

घोरेपानी र लुम्ले क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

१ असार,। म्याग्दीको घोरेपानी र कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान... पुरा पढ्नुहोस

जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

म्याग्दी, ३१ जेठ  । राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चको सो आदेशसँगै थापाको सांसद पद गएको हो । सोमबार न्यायाधीश... पुरा पढ्नुहोस

वर्षायामको तीन महिना सडक खन्न नपाइने ब्यवस्था : खने कारबाही

म्याग्दी, ३१ जेठ । सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने... पुरा पढ्नुहोस