फिचर

महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन

म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

म्याग्दीका नविन खत्रीलाई प्रलोभनमा पारी स्याउ भन्दै मृगौला निकालेको खुलासा !

काठमाण्डौ १० असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । २० पुस ०७३... पुरा पढ्नुहोस

दरबाङ बजारमा बसपार्कको अभाव

म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि... पुरा पढ्नुहोस

स्याउको राजधानी मुस्ताङमा स्याउ उत्पादन बढेपछि कृषक हर्षित

म्याग्दी, २२ भदौ । हिमाली जिल्ला मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकुल मौसम,... पुरा पढ्नुहोस

कुण्डको भरमा विद्यालयः तातोपानी कुण्डबाट सरस्वती माविलाई रु १७ लाख बढी सहयोग

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरि नियुक्त भएका १० जना शिक्षकहरुको तलब बराबरको रु १७... पुरा पढ्नुहोस

मिस्त्रीखोला जलविद्युतको काम द्रुत गतिमा (फोटो फिचर

म्याग्दी, १९ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्यूत आयोजनाले पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १३ महिनादेखि आफ्नो निर्माण कार्यलाई दुत्रगतिमा अगाडी बढाएको छ । निलगिरी र घलेम्दीखोलाको दोभानमा बाँध रहेन यस आयोजनाको २ हजार ३... पुरा पढ्नुहोस

बेगखोलामा पानीको बहाब बढेपछि …………(फोटो फिचर)

म्याग्दी, १८ भदौ । बेनी –जोमसोम सडकको यात्रा निकै कष्टकर बन्ने गरेको छ । अबिरल बर्षाको कारण ठाउँ ठाउँमा खस्ने पहिरो, नदी कटानबाट सडकमा पुग्ने क्षति तथा खहरे खोलाहरुमा बढ्ने पानीको बहाबले यस सडक खण्डको यात्रा जोखिमपूर्ण र कष्टकर बनेको हो । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्ड निकै... पुरा पढ्नुहोस

डेढ करोड बढी लगानीमा घुमाउनेतालमा रिसोर्ट सञ्चालनको तयारी (फोटो फिचर)

म्याग्दी, १८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ को घुमाउनेतालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पर्ने घुमाउनेतालमा कालिगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गा... पुरा पढ्नुहोस

धौलागिरिमा प्रतिनिधि सभामा ५,प्रदेशमा १० निर्वाचन क्षेत्र निर्धारण, कुन तह कुन क्षेत्रमा परे ? विवरण सहित

म्याग्दी, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले धौलागिरीमा प्रतिनिधि सभाको लागि ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले प्रतिनिधि सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा एक/ एक र बागलुङमा दुई निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र बराबर प्रदेशमा दुई... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने

म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो... पुरा पढ्नुहोस