ताजा अपडेट
अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
म्याग्दी, १७ वैशाख । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको... पुरा पढ्नुहोस
जनप्रतिनिधीद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
बाबियाचौर १७ बैशाख । म्याग्दीको मंगला गाउँपालिका २ का वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले आफ्नो जन्मदिनको अवसर पारेर दुर्गम बस्तीको विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । मंगला गाउँपालिका २ खात्रुङखोलामा रहेको प्रगती आधारभुत विद्यालयका ३३ जना विद्यार्थीहरुलाई एक/एक दर्जनका दरले कापी र कलम वितरण गर्नुभएको हो... पुरा पढ्नुहोस
तिम्ल्याह शिशू जन्माएका परियार दम्पतीलाई प्रदेश सरकारको सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
सन्तोष गौतम बेनी १७ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीमा तिम्ल्याह शिशू जन्माएका एक दम्पतीलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा अपांग अशक्त असाहयलाई उपचार सहयोग कार्यबिधि अनुसार कमला र समिट परियारको दम्पतिलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको हो ।... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
सन्तोष गौतम बेनी १७ बैशाख । म्याग्दीको मालिका गाउँपालिकाले बैङ्क मार्फत गाउँ बस्तीमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका, इलाका प्रहरी कार्यालय दरवाङ, गरिमा विकास र प्रभु बैङ्कको समन्वयमा वडा र बस्तीबाटै भत्ता वितरण सुरु गरिएको हो । छरिएको बिकट बस्तीका लाभग्राहीलाई गाउँपालिकाको केन्द्रमा रहेका बैङ्कको शाखामा... पुरा पढ्नुहोस
मालिका धुरीलाई पर्यटकीय गन्तव्य बनाउन पहल
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
कमल खत्री म्याग्दी, १७ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले धार्मिक र पर्यटकीय स्थल मालिका धुरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । मालिका गाउँपालिका ७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका ६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तवय स्थलको रुपमा विकासको लागि मालिका गाउँपालिकाले... पुरा पढ्नुहोस
अरबमा छिपिएर ऒइलाएको प्रेम लिला
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर... पुरा पढ्नुहोस
धवलागिरी गाउँ कार्यपालिकामा लेखा समिति गठन, पर्यटन गुरुयोजना तयार गरिने
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
बेनी १७ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो ।वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल... पुरा पढ्नुहोस
म्याग्दीकी देवी मगरले कारसहित जितिन् ‘मिस नेशनल आइकन’काे उपाधि
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
म्याग्दी १७ वैशाख ।‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको स्टेजमै शीरमा ताजसहित कार प्राप्त गर्दा उनलाई विश्वास नै लागेन । कार्यक्रम प्रस्तोताले उपाधि जितेको दोहो¥याएपछि खुसीको आँशु खसाल्दै उनले भनिन्, ‘साँच्चीकै मैले जितेको... पुरा पढ्नुहोस
विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो
- 6 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
म्याग्दी, १७ वैशाख । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको... पुरा पढ्नुहोस
पर्यटकीय क्षेत्र पुनहिलमा पर्यटन प्रवद्र्धन कार्यक्रम
- 6 बर्ष, 1 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
प्रताप बानियाँ म्याग्दी, १६ बैशाख । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र... पुरा पढ्नुहोस