ताजा अपडेट
धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
- 6 बर्ष, 8 महिना अगाडि
- १७ असार २०७६, मंगलवार
बेनी १७ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस
बेनीमा सिडिओको प्रत्रकार सम्मेलन ? शान्ति सुरक्षा र सुशासनमा ध्यान केन्द्रित (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
म्याग्दी १६ असार । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शान्ति, सुरक्षा र सुशासन आफ्नो प्राथमिकतामा परेको बतानुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई सरलिकरण गर्ने, सेवालाई नागरिकमैत्री बनाउने र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनेतर्फ ध्यान... पुरा पढ्नुहोस
बेनीमा मञ्जितको एकल कबिता वाचन हुने
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
बेनी १६ असार । बेनीमा असार २८ गते एकल कबिता वाचन कार्यक्रम हुने भएको छ । चन्द्रसुर्य साहित्य सञ्चार र प्रगतिशिल लेखक संघको आयोजनामा कबि मनु मञ्जिलको एकल कबिता वाचन हुन लागेको हो । साठी हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो कार्यक्रमबाट बचत भएको रकम नयाँ साहित्यकारहरुको क्षमता विकास... पुरा पढ्नुहोस
श्रीमतीको स्मृतिमा विद्यालयलाई सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
बेनी १६ असार । धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा रहेको जगन्नाथ आधारभूत विद्यालयलाई स्थानीय दुर्गा पुनले श्रीमतीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । असार १ गते दिवंगत हुनुभएकी चन्द्रमा पुनको स्मृतिमा पुनले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो । चन्द्रमाकी बहीनी सोमकुमारी घर्तीले पनि थप बिस हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।... पुरा पढ्नुहोस
ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
सन्तोष गौतम बेनी १६ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको असार ६ गतेको मन्त्री स्तरीय बैठकको निर्णय अनुसार दानाको ज्ञान प्रकाश र मुस्ताङको जोमसोम स्थित जनहित मावि लगायत देशका १६ वटा सामुदायिक विद्यालयलाई नमुनाको रुपमा छनौट भएका हुन्... पुरा पढ्नुहोस
क्याम्पसका विद्यार्थीलाई सिपमुलक तालिम
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
बेनी १६ असार । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र क्याम्पसको व्यवस्थापनमा उद्यमशिलता विकास, हाउस वायरिङ, आधारभूत कम्प्युटर र कम्प्युटर हार्डवयर विषयको तालिम दिइएको हो । २८ जनालाई १० दिने उद्यमशिलता विकास र भगत सर्वजित कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘ठिनी गाउँ’(भिडियाे सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ । जोमसोमदेखि ३० मिनेट पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । सडक सुविधा पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ । https://www.youtube.com/watch?v=HceyuQdcwzI&feature=share&fbclid=IwAR0IIRidSmrMQ33ZTPBVVmnnW-UnpUbtjAO6p_QxD7eBX4kx8CfHv4u690Q&app=desktop ढुंगा, माटो र काठबाट बनेका सेतो... पुरा पढ्नुहोस
दामोदरकुण्ड जाने बाटोमा भारतीय साधूको मृत्यु
- 6 बर्ष, 8 महिना अगाडि
- १६ असार २०७६, सोमबार
सुन्दरकुमार थकाली मुस्ताङ १६ असार । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जाने क्रममा एक भारतीय साधूको मृत्यु भएको छ। साधूको लेक लागेर स्वासप्रस्वासका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधूको शव भेटिएको... पुरा पढ्नुहोस
मंगलाको ३५ करोड बढीको बजेट पारित
- 6 बर्ष, 8 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम बेनी १५ असार । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड... पुरा पढ्नुहोस
मराङमा लागू औषध दुब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम
- 6 बर्ष, 8 महिना अगाडि
- १५ असार २०७६, आईतवार
तेजिन्द्र पुन मराङ १५ असार । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ स्थित स्वास्थ्य चौकीमा लागू औषध दूब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मराङ र मल्कवाङका ३५, ३५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई स्वास्थ्यकर्मीहरुले लागू औषध प्रयोगको कारण, असर र न्युनीकरण तथा बच्ने उपायको बारेमा सहजिकरण गर्नुभएको... पुरा पढ्नुहोस