ताजा अपडेट
अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण
- 3 बर्ष, 11 महिना अगाडि
- १२ जेष्ठ २०७९, बिहीबार
म्याग्दी,१२ जेठ । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण लगत्तै... पुरा पढ्नुहोस
बेनी नगरको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका... पुरा पढ्नुहोस
रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले... पुरा पढ्नुहोस
बेनी नगरले नसर्ने रोगको विरामी पहिचान गर्न शिविर संचालन गर्ने
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ। बेनी नगरपालिकाका नवनिर्वाचित मेयर सुरत केसीले हरेक महिनाको १५ गते नगरपालिकाको सबै स्वास्थ्य संस्थामा नसर्ने रोगका विरामी पहिचान गर्न शिविर संचालन गर्ने जानकारी गराउनुभएको छ । नगरभित्रका जनतालाई घातक रोगबाट बचाउन र रोगहरु पहिचान गर्नका लागि हरेक महिनाको १५ गते ४५ बर्षभन्दा माथि उमेरका जनतामा लाग्ने चिनीरोग,... पुरा पढ्नुहोस
विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रद्धारा राजीनामा
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
काठमाण्डौ ११ जेठ । विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । बुधवार एक विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष मिश्रले पार्टीको साधारण सदस्य मात्रै रहने गरि अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।... पुरा पढ्नुहोस
मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
काठमाण्डौ ११ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९... पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी, मेयरमा बालेन्द्र साह जित नजिक
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
काठमाडाै ११, जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत... पुरा पढ्नुहोस
नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी ११ जेठ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका... पुरा पढ्नुहोस
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : मेयर आचार्य
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
पोखरा ११ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने... पुरा पढ्नुहोस
भरतपुर महानगरपालिकाको मेयरको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा
- 3 बर्ष, 11 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
चितवन ११ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै... पुरा पढ्नुहोस