ताजा अपडेट
शनिबार मध्यरातदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
काठमाडौँ ३१ भदाै । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष... पुरा पढ्नुहोस
दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
काठमाडौँ ३१,भदाै । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ : ५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा... पुरा पढ्नुहोस
नागरिकता प्रकरणको अद्योपान्त
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
धर्मेन्द्र कर्ण नागरिकता विधेयकको गलपासो राजा वीरेन्द्रको घाँटीबाट फुकाउन सहयोग पु¥याउने संवैधानिक राजतन्त्रको पालाका प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुन् । यो गलपासो अब राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटीमा फस्ने भएको छ । अन्ध तथा उग्र राष्ट्रवादीहरूको लहैलहैमा संवैधानिक संसदीय राजतन्त्रका राजालाई नागरिकता विधेयक हस्ताक्षर... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकामा दर्जन बढी जलविद्युत् आयोजना निर्माण चरणमा
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
बेनी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिकामा दर्जनबढी जलविद्युत् अयोजना निर्माण हुने भएका छन् । धौलागिरि हिमालको फेदी भएरबग्ने म्याग्दी र यसका सहायक खोलाहरुमा १३ वटा जलविद्युत् आयोजनाले निर्माण प्रकृया थालेका छन् । अधिकाँश जलविद्युत आयोजना वडा नम्बर ४ मुदीमा निर्माण हुने भएका छन् । अहिलेसम्म दर्ता भएका जलविद्युत आयोजनाहरु निर्माण... पुरा पढ्नुहोस
साउनमा भित्रियो ९२ अर्ब बराबरको विप्रेषण
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
काठमाडौँ, ३१ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार... पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस
ठेकेदारले काम नगरेपछि खिवाङ सिँचाइ आयोजना अलपत्र
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
बेनी ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ को खिवाङ सिँचाइ आयोजना अलपत्र परेको छ। गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको आयोजनाको निर्माण व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको थियो। सम्झौताको म्याद सकिने अवधीसम्म कार्यान्वयन नभएपछि ठेक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन्। अन्नपूर्ण... पुरा पढ्नुहोस
पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
गलकोट, ३० भदौ । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताउनुभयो । “भकुण्डेमा चिसो... पुरा पढ्नुहोस
अन्नत गायीका श्रीपाल र जापानमा दोहोरी संचालक थापा विचको विवाद मिल्यो
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी ३० भदौ । साँगीतिक कार्यक्रमको शिलसिलामा जापानमा रहेकी म्याग्देली लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद मिलापत्रमा साम्य पारिएको छ । विहिवार लोकदोहोरी गीत प्रतिष्ठान जापान शाखा, एनआरएनए जापान र मोना जापान लगायतको रोहोवरमा दुबैपक्ष विच भएको छलफलमा... पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता महासंघको १७ बुँदे म्याग्दी घोषणा पत्र जारी
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी २९ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको राष्ट्रिय कार्यसमितिको आठौँ बैठक म्याग्दी सदरमुकाम बेनीमा विविध १७ बुँदे घोषणा पत्र जारी गर्दै विहिवार सम्पन्न भएको छ । सामुदायिक वनका समसामयिक स्थानीय र राष्ट्रिय बिषयहरुका सन्दर्भमा व्यापक छलफल गरि घोषणा पत्र जारी गरिएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो । महासंघ,... पुरा पढ्नुहोस