ताजा अपडेट
सांसद जुग्जालीको धवलागिरीमा जनघेटघाट
- 2 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७९, बिहीबार
मुना, २२ चैत । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान लिएर धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पुग्नुभएको छ । जुग्जालीले बुधबार धवलागिरी गाउँपालिकाको लुलाङ, लमसुङ, खोरीया, मुना, मुदी र मच्छिममा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित... पुरा पढ्नुहोस
ठूला विकास योजना: पटक–पटक म्याद थप, काम अलपत्र
- 2 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७९, बिहीबार
म्याग्दी, २३ चैत । पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन् । निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन् । हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण... पुरा पढ्नुहोस
बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण
- 2 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७९, बिहीबार
म्याग्दी २३ चैत । बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा ब्यवसायी संघ मार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर... पुरा पढ्नुहोस
फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली चयन
- 2 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७९, बुधबार
जोमसोम, २२ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत... पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा बानियाँ चयन
- 2 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७९, बुधबार
म्याग्दी , २२ चैत । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानियाँ (सागर) चयन हुनुभएको छ । बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी बानिया, कोषाध्यक्षमा भिमबहादुर रिजाल चयन हुनुभएको छ । सदस्यहरुमा गुमानसिंह गुरुङ, पहलबहादुर खत्री, पशुपति शाही, सान्तादेवी खत्री, ज्ञान गिरी,... पुरा पढ्नुहोस
सामुदायिक वनलाई कृषि वन र पर्या पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड
- 2 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७९, बुधबार
बेनी, २२ चैत । सामुदायिक वनलाई कृषि वनको रुपमा विकास गर्न माग गरिएको । सामुदायिक वन उपभोक्ता महासंघ, बेनी नगरपालिका स्तरीय दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने बत्ताहरुले वन संरक्षण संगै वनको उचित उपयोगका लागि आबश्यक नीति निर्माणमा राज्यले चासो दिनुपर्नेमा जोड दिएका हुन् । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस
प्रकृतिलाई खुसी बनाउन भुमे पुजाको रौनक
- 2 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७९, बुधबार
बेनी, २२ चैत । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्तीहरु मौलिक साँस्कृतिक उत्सवमय भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, बाँदुक, वडा नम्बर ७ चिमखोला, अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले लगायतका स्थानमा मंगलवार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक बर्ष चैत महिनाको उजेली... पुरा पढ्नुहोस
शिक्षकहरुको लागि वालअधिकार तथा भित्ते पत्रिकासम्वन्धी २ दिने तालिम
- 2 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७९, मंगलवार
म्याग्दी २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ३ मुना मा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको लागि २ दिने वालअधिकार, वाल क्लव व्यवस्थापन र भित्ते पत्रिका प्रकाशन सम्वन्धि तालिम सम्पन्न भएको छ। उक्त तालिममा धवलागिरि गाँउपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र मालिका गाउँपालिकाका ६ जना गरी कुल २१ जना... पुरा पढ्नुहोस
क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा
- 2 बर्ष, 2 महिना अगाडि
- २० चैत्र २०७९, सोमबार
म्याग्दी २० चैत । बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन । सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस
म्याग्दीमा विविध कार्यक्रम मनाईयो ६६ औँ राष्ट्रिय सहकारी दिवस
- 2 बर्ष, 2 महिना अगाडि
- २० चैत्र २०७९, सोमबार
म्याग्दी २० चैत । ६६ औँ राष्ट्रिय सहकारी दिवस–२०७९ म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला सहकारी संघ म्याग्दीले बेनीमा प्रभातफेरी सहित दिवस मनाएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी पश्चात आयोजित मुल समारोहमा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मी, सरोकारवाला र राज्य गम्भिर बन्नुपर्नेमा जोड... पुरा पढ्नुहोस