म्याग्दी क्याम्पसमा वर्कशप सम्बन्धी तालिम हुने

  • २४ भाद्र २०८०, आईतवार
  • 371 पटक पढिएको

 

बेनी, २४ भदौ । म्याग्दी बहुमखी क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप सेमिनार तालिम हुने भएको हो ।


भदौ २५ गते देखि २७ गते सम्म हुने कार्यक्रममा म्याग्दी जिल्ला र पर्वत बेनीमा संचालित सरकारी तथा गैह्र सरकारी विद्यालयबाट कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने र सुचना प्रविधिसँग विशेष चासो राख्ने विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।

कार्यक्रममा सिकेको सिपको आधारमा अन्तिम दिन परीक्षा लिइने छ र परीक्षामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना छुट्याई आकर्षक पुरस्कार प्रदान गरिने छ । कार्यक्रमका लागि सबै विद्यालयमा पत्राचार गरिएको र अनलाइन गुगोलबाट अनलाइन रजिष्ट्रेशन गर्ने काम भएको कुरा क्यान म्याग्दी शाखाका अध्यक्ष लाल बहादुर कार्कीले बताउनुभयो ।

यस कार्यक्रमबाट भएको उपलब्धीको आधारमा आगामी दिनमा क्यान सेन्टरको विशेष सहयोगमा केन्द्रबाट नै प्रशिक्षक झिकाई विस्तृत कार्यक्रम गर्ने योजना रहेको कुरा क्यान गण्डकी प्रदेशका कोषाध्यक्ष बामदेव रिजालले बताउनुभयो ।

सुचना र प्रविधिको विकाससँगै यसको प्रयोग व्यापक रुपमा भएको र उचित प्रयोग गर्न नजान्दा विविध समस्या भोग्नु परेको, अनलाइन बाट डाटा चोरी, दुरुपयोग र ह्याकरहरुले दिने दुःख कष्टको विषयमा प्रशिक्षण विवेक सापकोटा र शेर बहादुर सुनारले तालिममा जानकारी गराउने छन् ।