खेलकुद

बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस

म्याग्दीका दुई खेलाडि तेक्वान्दो राष्ट्रिय खेलमा छनौट

हालै पोखरामा सम्पन्न भएको ९ औं क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट म्याग्दीका दुईजना खेलाडि तेक्वान्दो राष्ट्रिय खेलका लागि छनौट भएका छन् । तेक्वान्दोका टिपेन पुन र इच्छा राईले पोखरामा रजत पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको खेल प्रशिक्षक राजकुमार परियारले जानकारी दिए । ५२ केजीमा टिपेन पुन र ४६... पुरा पढ्नुहोस

भानु कपको उपाधी वेष्ट पोईन्टलाई

म्याग्दी, १० असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी... पुरा पढ्नुहोस

मोना कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड तथा सहयोग संकलन

कोरिया, ५ असार । म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले खेलकुद व्यवस्थापनका निम्ति जिम्मेवारी बाँडफाँड गर्दै बिशेष तयारी गरेको छ । कोरियामा हरेक बर्ष संचालन हुँदै आएका भलिबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्ने ध्येयका साथ खेलकुद व्यवस्थापन गर्न खेलकुद संयोजक, टिम कोच, टिम क्याप्टेन लगायत जिम्मेवारी बाँडफाँड गरिएको... पुरा पढ्नुहोस

भानुमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता

म्याग्दी, ४ असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठन भएको बाल कल्वको आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । असार ८ र ९ गते रत्नेचौर स्थित बडाचौर खेलमैदानमा मावि तहका विद्यार्थीको सहभागितामा सञ्चालन हुने प्रतियोगितामा प्रथम र दितृय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस

मोना अष्टेलियाद्धारा आयोजित भलिबल प्रतियोगितामा जलजला परिवार बिजयी

म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाद्धारा आयोजित तेस्रो  Tripty Foundation volleyball League 2017 प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा म्याग्दी जलजला परिवार अष्टेलिया बिजयी भएको छ । रोमान्चक खेलमा लगातार तिन सेट आफ्नो पक्षमा पार्दै जलजलाले जित हात पारेको हो । सो प्रतियोगिताको गत बर्षको... पुरा पढ्नुहोस

दग्नाममा भूमेपुजा मेला सुरु, विहिवारदेखि बास्केटबल खेल सुरु हुने

म्याग्दी, १७ जेठ । रघुगंगा गाउँपालिका–४ दग्नाममा भुमे पुजा मेला सुरु भएको छ । पूजाको अवसरमा मंगलवार परम्परागत लिँगो जुधाई सम्पन्न भएपछि बुधवारदेखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । एकता युवा क्लबको आयोजनामा भुमे पुजाको अबसरमा हरेक बर्ष मेला आयोजना हुने गरेको छ । बुधवार पुख्र्यौली नृत्य... पुरा पढ्नुहोस

वेष्ट पोईन्टको छात्रा फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

म्याग्दी,१४ जेठ । बेनीको न्यु वेष्ट पोईन्ट आवासिय माविमा आईतबार अन्तर माविकलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । न्यु वेष्ट पोईन्ट आवासीय माविको रजत जयन्ती वर्षको अवसरमा आयोजित प्रतियोगितामा माउन्ट एभरेष्ट बिजयी भएको छ । फाईनलमा न्यु होराईजन बोडीङ स्कुल पर्वत बेनीलाई शून्यका विरुद्ध ३ गोल गर्दै माउन्ट... पुरा पढ्नुहोस

अन्तर मा.वी/कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु

म्याग्दी, न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्तर मा.वी÷कलेज स्तरीय  छात्रा फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । बिद्लाय्ले वर्ष २०७४ लाइ रजत जयन्ति बर्षको रुपमा मनाउने र वर्ष भरि नै विभिन्न कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस