खेलकुद

वेष्ट पोइन्टमा खेलकुद सप्ताह शुरु

म्याग्दी,२७ भदौँ । न्यु वेष्ट पोइन्ट आवासीय माविमा बृहत खेलकुद सप्ताह शुरु भएको छ । भदौ ३१ गते सम्म संचालन हुने कार्यक्रम २५ गते एक कार्यक्रमका बीच उद्घाटन भएको हो । सात दिन सम्म चल्ने कार्यक्रममा बिद्यार्थी तथा अविभाबकहरुका लागि विभिन्न खेलकुद समाबेश गरिएको छ । छात्र¬–छात्रा बास्केटबल प्रतियोगिता, छात्र–छात्रा... पुरा पढ्नुहोस

नेयमारको स्थान लिन डेम्बेले बार्सिलोनामा

बार्सिलोना । बार्सिलोनाले बोरुसिया डर्टमण्डका फरवार्ड ओमान डेम्बेलेलाई शुरुवाती ९.६८ करोड पाउण्डमा अनुबन्ध गरेको छ । यद्यपि, यो रकम १३.५ करोड पाउण्ड पुग्ने बताइएको छ । २० वर्षीय फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमाउसँग नुक्याम्पमा ५ वर्षे करारमा हस्ताक्षर गरेका हुन् ।योसँगै उनी विश्वकै दोस्रो महंगो खेलाडी बनेका... पुरा पढ्नुहोस

तेस्रो एभरग्रीन कपको आयब्यय सार्वजनिक

म्याग्दी, १० भदौ । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगितामा दर्ता शुल्कबाट २... पुरा पढ्नुहोस

अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा वेष्ट प्वाईन्ट बिजयी

म्याग्दी, ८ भदौ । बेनीमा बिहिवार सम्पन्न अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै वेष्ट प्वाईन्ट आवासीय मावि बिजयी भएको हो । विभिन्न दश वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको... पुरा पढ्नुहोस

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, ७ भदौँ । बेनी नगरपालीका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो... पुरा पढ्नुहोस

न्यू संगम टे«र्डस रिखार कपको उपाधि घतान र अर्मनलाई

म्याग्दी, ३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा बेनीमा न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिता घतान र अर्मन विजयी भएका छन् । पत्रिकाको बार्षिकत्सवको अवसरमा संचालीत न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिताको पुरुष तर्फको प्रथम उपाधि बेनी नगरपालिका वडा ९ घतान... पुरा पढ्नुहोस

कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र... पुरा पढ्नुहोस

ममाथि अत्याचार भयो : रोनाल्डो

रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् । स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट... पुरा पढ्नुहोस

रिखार दैनिक दोस्रो बर्षमा प्रवेश, बेनीमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु

  म्याग्दी, १ भदौ ।म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्षको भदौ १ गतेदेखि प्रकाशन आरम्भ गरेको पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाउन सुरु गरेको छ । पत्रिकाले आफ्नो बार्षिक उत्सवको अबसरमा आजदेखि बेनीमा ‘न्यू संगम टे«डर्स रिखार कप’ वडा स्तरीय... पुरा पढ्नुहोस

अमेरिकाको न्युर्योकमा आयोजित भलिबल प्रतियोतिामा पाखापानी बिजयी

म्याग्दी, ३२ साउन । म्याग्दी समाज न्युरोर्कको नियमित कार्यक्रम अन्र्तगत आयोजित भलिब प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका खेलाडीहरु बिजयी भएका छन् । अमेरिकामा रहेका म्याग्देलिहरुबिच साविकको गाविस स्तरको टिमहरु बिच भएको प्रतियोगितामा पाखापानी प्रथम र दरबाङ द्धितिय भएका हुन् । विभिन्न ११ टिम सहभागि प्रतियोगितामा बिजयीलाई नेपाली नगद रु ७०... पुरा पढ्नुहोस