मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी
- २८ कार्तिक २०७४, मंगलवार
- 1975 पटक पढिएको
काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको थियो। नेपालका लागि दीपेन्द्र ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए।
यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण २४ ओभर छोट्याइएको खेलमा मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रनमात्र बनाउन सकेको थियो।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। दिपेन्द्र ऐरी र सहब आलमले भने समान दुई दुई विकेट लिए।
मलेसियाका लागि सिद मुबारकले २० र कप्तान विरन्दीप जगजीत सिंहले १० रन बनाउनबाहेक अरु खेलाडीले दोहोर अंक जोड्न सकेनन्।
नेपालले यसअघि बंगलादेशसँग दुई विकेटले पराजित भए पनि भारतसँग ऐतिहासिक जित दर्ता गरेको थियो।
-नागरिक
