विशेष
जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- 1 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
पर्वत, ७ मंसिर । जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो । प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि... पुरा पढ्नुहोस
ब्यवसायिक कृषि खेतीमा पात्लेखेतका हरि गर्वुजा
- 1 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
म्याग्दी, ७ मंसिर । मंगलबार मध्यान्ह बेनीको न्युरोडमा आफ्नो मोटरसाईकलको पछाडी दुई क्रेड टमाटर बोकेर विक्रीका लागि लैजादै गरेको अवस्थामा भेटिए पात्लेखेतका युवा हरि गर्वुजा । हस्पिटलचोकमा संचालनमा रहेको लामा कुदापमा एक क्रेड छोडेर गर्वुजा अर्को क्रेड टमाटर बोकेर तातोपानीको श्रेष्ठ होटल हटस्प्रीङ पुगे । गर्वुजाको दैनिकी अचेल विहानै... पुरा पढ्नुहोस
गाउँपालिका र अनसनकर्ता गुरुङ विचको छलफल निष्कर्षविहिन
- 1 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
म्याग्दी, ७ मंसिर। रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र चारदिनदेखि अनसनरत रमेश गुरुङविचको छलफल निष्कर्षविहिन भएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा रोजगार र अस्पतालको माग गर्दै चार दिनदेखि कार्यालय परिसरमा अनसनरत रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङविच भएको छलफल निष्कर्षविहिन बनेको हो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै... पुरा पढ्नुहोस
सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न
- 1 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा... पुरा पढ्नुहोस
विकासको नमुना उदाहरण : ‘श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण’ (फोटो फिचर)
- 1 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
कमल खत्री बेनी, ७ मंसिर : घना जंगलको साँघुरो बाटो । गाउँदेखि मुल सडकमा ओहोर दोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवंगत भएका व्यक्तिहरुलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउँन थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जिर्ण गोरेटोबाटोको... पुरा पढ्नुहोस
मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो, बस्तीमा डर
- 1 बर्ष, 1 महिना अगाडि
- ५ मंसिर २०८०, मंगलवार
मुस्ताङ ५ मङ्सिर । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ ।घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना... पुरा पढ्नुहोस
अस्पताल र रोजगार सिर्जनाको माग गर्दै गाउँपालिका परिसरमा आमरण अनसन
- 1 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०८०, सोमबार
बेनी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा एक युवा आमरण अनसन बस्नुभएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा रमेश गुरुङ आमरण अनसनमा बस्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस
जेसीजकप फुटवलको लोगो र टाईटल प्रायोजक सार्वजनिक
- 1 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक... पुरा पढ्नुहोस
मुस्ताङमा बाफबाट खाना पकाउने विद्यालय !
- 1 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले बाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)
- 1 बर्ष, 1 महिना अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस