विशेष

म्याग्दीका राजनीति दलहरुको घरदैलो अभियान तिव्र

म्याग्दी, २५ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै  म्याग्दीका राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिव्ररुपमा अघि बढाएका छन् । स्थानीय तहको निर्वाचमा बहुमत ल्याउन राजनीतिक दलहरु विचमा गठबन्धन संगै  गाउँदेखि सहरसम्म घरदैलो अभियान तिव्र पारिएको छ। म्याग्दीमा एक नगरपालिका, पाचँ ओटा गाउँपालिका र ४५ ओटा... पुरा पढ्नुहोस

वेगखोलामा काँग्रेसको आमसभा सम्पन्न

म्याग्दी, २५ वैशाख । नेपाली काँग्रेस म्याग्दीले रघुगंगा गाउँपालिका–१ वेगखोलामा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सांसद रेशम बानियाँले नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसको बहुमत विजय आवश्यक रहेको बताए । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै संविधान मार्फत परिकल्पना गरिएको विकास र समृद्धिको सपना शाकार पार्न... पुरा पढ्नुहोस

भकिम्लीका पदम पुन किन ? लड्दैछन वडा अध्यक्षको चुनाब !

म्याग्दी, २५ वैशाख ।म्याग्दीको चुनाबी रौनकमा भकिम्लीका पदम पुनको नाम यतिबेला चर्चामा आएको छ । तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएका पुन पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त थिए ।  सक्रिय राजनितीबाट बाहिर रहेका पुनले गाउँमा व्यवसायिक बाख्रापालन संगै स्थानीय संघसंस्थाको अगुवाई गर्न थालेका थिए ।... पुरा पढ्नुहोस

एमाले–माओवादी गठबन्धनको झिँ र पाखापानीमा आमसभा

म्याग्दी, २५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँ र ६ पाखापानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको टोलिले आईतवार चुनाबी आमसभा सम्पन्न गरेको छ । दुबै ठाउँमा आयोजित सभामा  निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिकाको प्रमुख पदमा... पुरा पढ्नुहोस

अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम

म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो । कोणसभामा... पुरा पढ्नुहोस

मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध

म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा... पुरा पढ्नुहोस

दोबामा काँग्रेसको आमसभा सम्पन्न

म्याग्दी, २२ बैशाख । अन्नपूर्ण गाउँपालिका–१ दोबामा नेपाली काँग्रेसले आमसभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस दोबाका सभापति सुर्यप्रसाद पुर्जाको अध्यक्षतामा सम्पन्न भएको आसमभालाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि काँग्रेसका उम्मेदवारीलाई विजयी गराउन आवश्यक रहेको बताए । गाउँपालिकाको प्रमुखमा विजयी भएमा कुनै... पुरा पढ्नुहोस

भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा

म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।    एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस

दिच्याममा माओवादीको चुनावी सभा

म्याग्दी, २१ वैशाख । नेकपा माओवादी केन्द्र मालीका गाउँपालीकाले चुनाव प्रचारका क्रममा बिहीबार ६ नम्बर वडाको दिच्याममा चुनावी सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको गाउँपालीका अध्यक्षका उमेद्वार कमल केसी र उपाध्यक्षको उमेद्वार गौरी सेञ्चुरीले माओवादीको एजेण्डा अनुसार सिहदरबारको अधिकार गाउँ, नगरमा आएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न,... पुरा पढ्नुहोस

म्याग्दीमा तिस जनाको उमेद्वारी फिर्ता

बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४... पुरा पढ्नुहोस