विशेष
गलेश्वर शिवालय सहकारीकाे हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन
- 6 बर्ष, 6 महिना अगाडि
- १० असार २०७५, आईतवार
म्याग्दी १० असार ।म्याग्दी जिल्लाको बेनपा ९ गलेश्वरमा रहेको गलेश्वर शिवालय बहुउदेश्यीय सहकारी संस्था ले १० औं बार्षिकोत्सवको अवसरमा हाम्रो गलेश्वर, राम्रो गलेश्वर अभियान सञ्चालन गरेको छ ।सहकारीले आईतबार १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान कार्यक्रमका साथै गलेश्वर बजारमा फुल रोपेर हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस
सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- ९ असार २०७५, शनिबार
https://www.youtube.com/watch?v=ZerBH409uik&feature=youtu.be म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी जनश्रमदान र जनसहभागीता बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ । आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये... पुरा पढ्नुहोस
ताकममा घरघरमा धारा (फोटो फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- ९ असार २०७५, शनिबार
ताकम ९ असार । धौलागिरी गाउँपालीका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् । दुई... पुरा पढ्नुहोस
सम्बृद्ध देश निर्माणका लागि नागरीकको स्वास्थ्यमा प्राथमिकता– मन्त्री थापा
- 6 बर्ष, 6 महिना अगाडि
- ८ असार २०७५, शुक्रबार
पोखरेबगर(म्याग्दी) ८ असार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले नेपाललाई सम्बृद्ध मुलक बनाउन सरकारले नागरीकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले सम्बृद्ध देश निर्माणका लागि सरकारले नागरीकको... पुरा पढ्नुहोस
दोबामा दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण (फाेटाे फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- ८ असार २०७५, शुक्रबार
दोवा ८ असार । अन्नपूर्ण गाउँपालीका १ दोवामा एक व्यक्तिले दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण गर्नुभएको छ ।दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका मेजर दलबहादुर पुर्जाले करिब तिन लाख रुपैया लगानीमा दोवा जिपपार्कमा प्रतिक्षालय र त्यहाँदेखि एक सय मिटर पक्कि पदमार्ग निर्माण गर्नुभएको हो । बेलायती गोर्खा... पुरा पढ्नुहोस
ब्रेन ट्युमर पिडित कार्कीको उपचारमा करिब १० लाख सहयोग जुट्यो
- 6 बर्ष, 6 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी, ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ विभिन्न देशमा रहेका राखुबासीहरुले करिब रू १० लाख सहयोग जुटाएका छन् । उनको उपचारको लागि राखु समाज जापानले रु ६७ हजार १५५ सहयोग गरेको छ । समाजका अध्यक्ष तारा कार्कीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग... पुरा पढ्नुहोस
बेनीमा सञ्चालित औषधी पसलहरुको अनुगमन
- 6 बर्ष, 6 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी, ७ असार । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका औषधी पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका आयुर्वेदिक, डेन्टलसहित कुल १४ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको हो । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्याको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत औषधी पसलको... पुरा पढ्नुहोस
नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा
- 6 बर्ष, 6 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालीका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य... पुरा पढ्नुहोस
सिडिओ साप ! साँधसिमाना एउटै तर, मूल्य कसरी फरक ?
- 6 बर्ष, 6 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
बेनी, ६ असार । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एकै प्रकृतिका दुई आयोजनालाई एउटै स्थानमा फरक मुआब्जा निर्धारण गरेको पाईएको छ । रघुगंगा–३ पिप्लेको अम्बाङ क्षेत्रमा निर्माण गरिन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन र २२० केभीए कालीगण्डकी करिडोर प्रशारण लाइनको टावरका लागि निर्धारण गरिएको मूल्य २ लाख ५० हजार रुपैयाँ... पुरा पढ्नुहोस
प्रशारण लाईनको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित
- 6 बर्ष, 6 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । म्याग्दीमा निर्माण हुन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन निर्माणका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।जिल्लाकोे पश्चिम भेगमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न नेपाल विद्युत प्राधिकरणले रघुगंगा गाउँपालिका–३ पिप्लेको अम्बाङ क्षेत्रमा सबस्टेशन निर्माणको कार्य... पुरा पढ्नुहोस