विशेष
कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस
पाँच महिनामा बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतीको काम ८० प्रतिशत सम्पन्न भएको छ। राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनीले ५ महिनामा ८० प्रतिशत स्तरोन्नतीको काम सकेको हो । जिल्लामा भित्रिएका ठुलो योजनाहरुमा ढिलासुस्ती, अलपत्र... पुरा पढ्नुहोस
बेनीमा ‘आमा समूहसँग उपमेयर’
- 1 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
बेनी, २८ जेठ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस
सिंगा तातोपानी बजारको सडक कालापत्रे
- 1 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०८०, शनिबार
म्याग्दी, २७ जेठ । बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडासदस्य प्रेम श्रीसले बताउनुभयो । बेनी नगरपालिकाले चालू आर्थिक बर्ष... पुरा पढ्नुहोस
चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 1 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०८०, शनिबार
बेनी, २७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र गरिव विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो । १६० जना विद्यार्थीलाई एक हजार ४२० पिस कापी... पुरा पढ्नुहोस
गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०८०, शनिबार
गलेश्वर २७ जेठ। म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजनमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन... पुरा पढ्नुहोस
मिस्टर विश्वकर्माको उपाधी म्याग्दीका दिनेश विश्वकर्मालाई
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८०, शुक्रबार
म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी स्थित संगमचोकका दिनेशकुमार विश्वकर्माले मिस्टर विश्वकर्मा–२०२३ को उपाधी हात पार्नुभएको छ । बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रवार काठमाण्डौमा भएको फाइनलमा म्याग्दीका विश्वकर्मा बिजेता घोषित हुनुभएको हो । उत्कृष्ट दश जनाभित्र पर्नुभएका दिनेश लगायतका सहभागीहरुलाई भोटिङ... पुरा पढ्नुहोस
कदमको २५ औ स्थापना दिवस
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८०, शुक्रबार
बेनी, २६ जेठ । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो वेवसाइट डब्लु डब्लु डब्लु डट कदम म्याग्दी ओआरजी डट... पुरा पढ्नुहोस
धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८०, शुक्रबार
बेनी, २६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को वेशी पन्थोकमा आयोजना... पुरा पढ्नुहोस
अदिभारामा मोटरेबल पुल बनाउन बजेटको स्रोत सुनिश्चिता
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८०, शुक्रबार
बेनी, २६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो । लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा... पुरा पढ्नुहोस