विशेष

नेकपा(एमाले) बेनी नगर कमिटीको नयाँ नेतृत्व चयन, अध्यक्षमा कटुवाल

म्याग्दी, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीमा बेलबहादुर कटुवालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चुनिएको छ । बुधवार सम्पन्न दोस्रो नगर अधिवेशनबाट कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिबमा भोजबहादुर रिजाल, उप–सचिबमा सुनिता केसी र विवेक हमाल चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

मिश्रित निर्वाचनले एक दलको मात्रै बहुमत कठिनः राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना

म्याग्दी, ३० फागुन । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको अवस्थामा कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ । नेकपा (एमाले) बेनी नगरकमिटीको दोस्रो अधिवेशनलाई बुधवार बेनीमा सम्वोधन गर्दै नेता तिमिल्सिनाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको हो... पुरा पढ्नुहोस

एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धन कुमार पुर्जा चयन

म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ... पुरा पढ्नुहोस

धवलागिरि माविमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

म्याग्दी, ३० फागुन । म्याग्दी जेसीजको आयोजनामा बेनी नगरपालिका–४ सिंगा स्थित धवलागिरि माध्यमिक विद्यालयमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित उक्त कार्यक्रममा ८९ जना छात्र,१०० जना छात्रा र २२ जना शिक्षक समेतको गरि... पुरा पढ्नुहोस

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि... पुरा पढ्नुहोस

मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

बेनी, २८ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानकारी... पुरा पढ्नुहोस

तीन दशकपछि गाउँ फर्किएका दम्पतीले गरे मल्कबाङमा दुई लाख बढी सहयोग

म्याग्दी, २८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा प्रवासबाट तीन दशकपछि फर्किएका एक दम्पतीले विद्यालय,नौमती बाजा समूह, आमा समूह र पुख्र्यौली समूहलाई रु २ लाख बढी सहयोग गरेका छन् । अमेरीकामा बसोबास गर्दै आउनुभएका मनमान छन्त्याल र सावित्री छन्त्यालको दम्पतीले जनजागृति माध्यमिक विद्यालय समेतलाई गरी रु दुई लाख १० हजार... पुरा पढ्नुहोस

चरनक्षेत्रबाट घरतर्फ फर्काउँदै बाख्राका बथान (तस्बिर)

बेनी, २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा चरनक्षेत्रबाट घरतर्फ लैजाँदै गरिएका बाख्राहरु । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना

म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम... पुरा पढ्नुहोस