विशेष

यसरी उर्लियो कालिगण्डकी नदीको भेलः बस्ती जोखिममा(फोटोफिचर)

म्याग्दी, २१ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् तर मनसुन परिरहदाँ नदीको आसपासमा रहेका बस्तीहरु जोखीममा दिन कटाउन बाध्य... पुरा पढ्नुहोस

गलेश्वर –राखु सडक कालोपत्रेका लागि डिपिआर तयार गरिँदै

म्याग्दी, २० असार । म्याग्दीको बेनी नगरपालिकाको गलेश्वरहुँदै राखु जोड्ने सडक खण्डमा कालोपत्रे गर्नका लागि डिपिआर तयार गर्न लागिएको छ । कालोपत्रे आयोजनाको लागि बिस्तृत आयोजना प्रतिबेदन तयार गर्ने कार्य अन्र्तगत मंगलवार प्रारम्भिक सर्बेक्षण तथा फिल्ड भिजिट गरिएको छ । डिपिआरको मरामर्श दाता कम्पनी सिईआरसि, जिईओसिओ एण्ड पार्थले ईन्जिनियरहरु खटाएर... पुरा पढ्नुहोस

हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले

असार २० । बन्द समाजमा खुलापनको सुरुवात वि.स. २०४६ सालको जनआन्दोलनले गर्यो । खुलापनसँगै समाजको ऐनाका रूपमा विभिन्न पत्रपत्रिकाले हुर्कने अवसर पाए । पत्रकारिताले प्रजातन्त्रको आगमनसँगै फस्टाउने र मौलाउने अनुकूल वातावरण पायो तर पत्रकारकै आँखामा प्रजातन्त्रदेखि गणतन्त्रसम्म कस्तो पत्रकारिता विकास भयो, जसले समाजलाई अगाडि बढाउन भूमिका खेलेको ठानियो । २०४६... पुरा पढ्नुहोस

बेनीमा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण

म्याग्दी, २० असार । म्याग्दीको बेनीमा करिब रु दुई करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु एक करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो । २०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु... पुरा पढ्नुहोस

पात्लेखर्कका राज आर्चरीमा चम्कदै (फोटो फिचर)

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका राज पुर्जा मगर आर्चरी (ताराखेल) खेलमा राष्ट्रिय च्याम्पिएनसिप बन्न सफल हुनुभएको छ । पात्लेखर्क घर भई हाल पोखरा लामाचौर बस्दै आएका पुर्जा पोखरामा रहेको अन्नपूर्ण आर्चरी क्लबमा आबद्ध छन् । सो क्लबबाट प्रतिनिधित्व गर्दै राजधानी पत्रिकाले आयोजना गरेको राष्ट्रिय आर्चरी प्रतियोगितामा सहभागि... पुरा पढ्नुहोस

कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

१८ असार। दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले प्रमुख र अध्यक्षमा जितको संख्या ९० कटाउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ तथा संघीय समाजवादी फोरम र... पुरा पढ्नुहोस

पर्वतमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यू

पर्वत १८ असार÷ पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होसाङ्दीमा गएराती बर्षासंगै आएको पहिराले घर पुरिदा तीन जनाको मृत्यू भएको छ। घर माथि डाडाँबाट आएको पहिरोले पुरिदा, घरधनि ६३ बर्षिय तीर्थबहादुर मल्ल, आमा ८० बर्षिय बिनाकुमारी मल्ल र श्रीमती ५५ बर्षिय यमकुमारी मल्लको घटनास्थलमै मृत्यु भएको पर्वतको इलाका प्रहरी कार्यालय हुवासले... पुरा पढ्नुहोस

मगरसंघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान

म्याग्दी, १७ असार । नेपाल मगर संघ म्याग्दीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दी जिल्लामा बिजयी मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा सम्मान कार्यक्रम आयोजना गरि संघले म्याग्दीका गाउँपालिका प्रमुख, उपप्रमुख, र सदस्य गरि मगर समुदायबाट निर्वाचित ११० जना मगर जनप्रतिनिधि लाई स्वागत भेटघाट... पुरा पढ्नुहोस

जिल्ला सभाको पहिलो बैठकलेः समन्वय समितिमा रहने सदस्य संख्याको टुङ्गो लगायो

म्याग्दी,१६ असार । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थानीय विकास अधिकारी प्रेमराज गिरिकोे आह्वानमा पहिलो बैठक बसेको हो । पहिलो बैठकले जिल्ला समन्वय समितिको रहने सदस्यको टुङ्गो लगाएको छ । संविधानअनुसार अध्यक्ष उपाध्यक्ष सहित बढीमा नौ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस

नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, शनिवार दिउँसो सम्म बाटो बन्द

असार १६,चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २।५ किमी नारायणगढतर्फको सडकमा यसअघि... पुरा पढ्नुहोस