विशेष
घारमा खानेपानीका मुहानको अवस्था अध्ययन
- 6 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
घार १९ चैत । अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावीत क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन... पुरा पढ्नुहोस
पात्लेखेतमा अस्पतालको लागि पराजुली परिवारबाट रु १ करोड ७५ लाख बराबरको सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७४, आईतवार
म्याग्दी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका– १० पात्लेखेतमा एक परिवारले स्वास्थ्य क्षेत्रको लागि रु १ करोड ७५ लाख बराबरकोे सहयोग गरेका छन् । स्थानीयबासी समेत रहनुभएका समाजसेवी राधाकृष्ण शर्मा पराजुलीको परिवारले अहिले पात्लेखेत स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको प्रस्तावित रघुनाथ भद्रकाली स्मृती अस्पतालको लागि ५ रोपनी जग्गा सहित नवनिर्मित... पुरा पढ्नुहोस
पोखरेबगरमा निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- १७ चैत्र २०७४, शनिबार
अन्नपुर्ण, म्याग्दी १७ चैत । अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र अन्नपूर्ण गाउँपालीकाको आयोजनामा सम्पन्न शिवीरमा दुई सय जनाले सेवा लिएका छन् । पोखरेबगर, ठूलोबगर, भुरुङ्ग तातोपानी, शिख, घार, पाउद्धार, हिस्तान, तिप्ल्याङ, दाना, नाच्याङ र दोवाका सर्वसाधारणले सेवा... पुरा पढ्नुहोस
म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् । सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक... पुरा पढ्नुहोस
निस्कोटको एनसेल टावरमा आगजनी
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत ।म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा रहेको एनसेल टावरमा अज्ञात समूहले गएराती आगजनी गरेका छन् । रातीको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक बिक्रम महतले बताउनुभयो । “घटनास्थलको... पुरा पढ्नुहोस
‘हिमालपारी मुस्ताङमा पहिलो ट्राई एड्भेन्चर प्रतियोगिता’ ,भण्डारी र थापा बने च्याम्पियन
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
मुस्ताङ, १६ चैत । पहाडै पहाड कुद्ने,उकालो–उरालो दौडने ,त्यसपछि साईकलिङ गर्दे गन्तब्यमा पुग्ने ३ प्रकारका विधा समेटिएको रोमाञ्चक , डरलाग्दो र शाहसिक प्रतियोगिता नेपालमै पहिलो अभ्यास भएको छ ।विशेषगरि यसप्रकार प्रतियोगिता अमेरिका र यूरोपेली मुलुकमा आयोजना हुने भएतापनि दक्षिण एशियामा यस खेलको बिकास खासै भएको देखिन्न । यि तिनै विधा... पुरा पढ्नुहोस
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा २० जनाले गरे रक्तदान
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् । [caption id="attachment_17635" align="alignnone" width="800"] नेपाल रेडक्रस सोसाईटीद्धारा... पुरा पढ्नुहोस
म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियान
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस
असिनाले करोडौको नोक्सानी
- 6 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी १६ चैत बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो ।भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला... पुरा पढ्नुहोस
कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो छायांकन
- 6 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७४, बिहीबार
म्याग्दी, १५ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागेका हुन् । मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै्र पाखोबारमिा रमाएको सन्देश बोकेको... पुरा पढ्नुहोस