म्याग्दी समाचार

बेगखोलामा अस्थाई पुल निर्माण

बेनी ११ असार । बेनी–जोमसोम सडक अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा अस्थाई पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेली ब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थाई पुल निर्माण भएपछि... पुरा पढ्नुहोस

सडकले ल्याएको सहजताः डेढ घण्टाको यात्रा तिस मिनेटमा छोटीयो

म्याग्दी ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानी–मान्द्रेढुङ्गा सडक मर्मत गरिएको छ । सडक मर्मत गरीएपछि सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन हुन थालेको छ । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र उपभोक्ताको १२ लाख रुपैयाको लागतमा पाँच किलोमिटर सडक मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाले... पुरा पढ्नुहोस

जिन्दगीको साथी बजारमा (भिडियो सहित)

सन्दीप खत्री, म्याग्दी मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोकाले अभिनय गरेको “जिन्दगीको साथी” बोलको लोकदोहोरी बजारमा आएको छ । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन् । यातायात व्यवसायमा आबद्ध रोकाले आफूले पहिलदेखि नै अभिनयको क्षेत्रमा प्रवेश गर्न... पुरा पढ्नुहोस

जिल्ला भूसंरक्षण कार्यालयद्धारा सञ्चालित योजनाहरुको संयुक्त अनुगमन

म्याग्दी, ११ असार । जिल्ला भूसंरक्षण कार्यालयले चालु आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेका विभिन्न संरक्षणमुखी विकास योजनाहरुको संयुक्त अनुगमन गरिएको छ । कार्यालयले यो बर्ष जिल्लाका विभिन्न साविकका गाविसहरुमा सञ्चालन गरेको योजनाहरुको जिल्ला स्थित सरोकारवालाहरुको टोलि बनाएर संयुक्त अनुगमन गरिएको हो । कार्यालयले रघुगंगा गाउँपालिकाको बेगखोला, पाखापानी र झिँ,... पुरा पढ्नुहोस

बल्याक बेल्ट प्राप्त कराँते खेलाडीहरुलाई सम्मान (फोटो फिचर)

म्याग्दी, ११ असार । नेपाल सितेरियो कराते संघ म्याग्दीले विभिन्न समयमा बल्याक बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा एक कार्यक्रम आयोजना गरि संघले बल्याक बेल्टमा दिक्षित खेलाडिहरुलाई सम्मान गरेको हो ।   कार्यक्रमा गत बर्षको जेठमा पोखरामा दिक्षित भएका सागर चोखाल, बिना घर्तिमगर, क्रृस... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा बजार अनुगमन

म्याग्दी, ११ असार । अन्नपूर्ण गाउँपालीका २ को पर्यटकीय स्थल भुरुङ तातोपानीमा शनिबार संयुक्त बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा भुरुङ तातोपानी बजारमा सञ्चालित किराना, होटल तथा रेष्टुरेन्टको अनुगमन गरीएको हो । बिक्रीका लागि राखिएका बस्तुको म्याद, ब्यवसाय दर्ता, नविकरण, मदिरा कारोबारका लागि ईजाजत... पुरा पढ्नुहोस

राखुमा एकपछि अर्को शोक ! भगवतीका खेलाडी गौरबको निधनले राखुबासी शोकमग्न

म्याग्दी, १० असार । शनिवार कालिगण्डकी नदी किनारको कुनौटो घाटमा रघुगंगा गाउँपालिका– २ राखु भगवती घट्टका शिबकुमार कार्कीको अन्त्योष्टि गरिँदै थियो । रोजगारिको शिलसिलामा कोरिया पुगेका कार्कीको गत असार २ गते आफ्नै कोठामा सुतेकै अबस्थामा निधन भएको थियो । २७ बर्षिय युवा कार्कीको सब कोरियादेखि काठमाण्डौ हुँदै घाटमा अन्योष्टि गरेर... पुरा पढ्नुहोस

रघगंगामा पौडी खेल्दा नदीमा वेपत्ता

म्याग्दी १० असार । बेनी नगरपालीका ९ गलेश्वर स्थित रघुगंगा नदीमा शनिबार पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन् । पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका अन्दाजी १९ वर्षिय नविन रेग्मी नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार वेपत्ता रेग्मीको खाजीमा नदी किनार क्षेत्रमा... पुरा पढ्नुहोस

आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु

म्याग्दी, १० असार । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु भएको छ । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन्... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यार्थीलाई सहयोग

  बेनी १० असार । मालीका गाउँपालीका ६ दरवाङमा रहेको पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाले शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । दरवाङमा रहेको जनप्रिय माविमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला, पोशाक र स्टेशनरी सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार पाँच सय रुपैया बराबरको सामाग्री वितरण गरिएको... पुरा पढ्नुहोस