म्याग्दी समाचार

गाउँ पसे म्याग्दीका उमेद्वार

म्याग्दी ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार... पुरा पढ्नुहोस

डोजरको बकेटले लागेर बालकको ज्यान गयो

म्याग्दी, ११ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार डोजरको बकेटले लागेर एक बालकको ज्यान गएको छ । सडक निर्माणको क्रममा डोजरको बकेटले लागेर भुरुङ तातोपानीका ११ वर्षिय सागर बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार डोजरले सडक खनेको हेर्न गएको अवस्थामा... पुरा पढ्नुहोस

राजमोले क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने

म्याग्दी, १० कात्तिक । राष्ट्रिय जनमोर्चाले म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले माओवादीका साझा उमेद्वारलाई सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रदेशसभाको क्षेत्र नम्बर १ मा पार्टीले उमेद्वारी नदिएको र बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभएको... पुरा पढ्नुहोस

पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

म्याग्दी, १० कात्तिक । काँग्रेसको नेतृत्व लोकतान्त्रिक गठबन्धक प्रदेश सभा क्षेत्र न २ पश्चिम म्याग्दीको चुनावी टोलीले आफ्नो अभियानलाई तिब्र गराएको छ । मङगलबार देखी सुरु गरेको चुनावी आमसभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । आज अभियानमा रहेको टोलीले धौलागीरी गाउँपालिका–६ मुदी र मुनामा घरदैलो तथा चुनावी प्रचार प्रसार... पुरा पढ्नुहोस

म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने

म्याग्दी, १० कात्तिक ।म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।जिल्ला अनौपचारीक शिक्षा समितिको शुक्रबार बसेको बैठकले आगामी माघ... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा

म्याग्दी, १० कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा आज अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई... पुरा पढ्नुहोस

पर्यटकको रोजाईमा मोहरेडाँडा (फोटोफिचर)

  म्याग्दी, १० कात्तिक । पर्यटकिय स्थल मोहरेडाँडा पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको आकषर्ण बढ्दै गएको हो । समुद्री ३ हजार ३ सय मिटर उचाईमा रहेको अवस्थित मोहरे डाँडामा पछिल्लो समय... पुरा पढ्नुहोस

दाना र नारच्याङमा बाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन

म्याग्दी,१० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको खिबाङ घराम्दी टिकोट र मल्कबाङ्गमा आमसभा

म्याग्दी, ९ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनाबी अभियान तिब्र बनाएको छ । अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका वडा– ६ घारको खिवाङमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख डम बहादुर पुनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले अव हुने पहिलो चरणको प्रदेश... पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रको नगरपालीका स्तरीय कार्यकर्ता भेला सम्पन्न

म्याग्दी, ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए । नेकपा एमालेका बैकल्पीक केन्द्रिय... पुरा पढ्नुहोस