धौलागिरिमै पहिलो पटक म्याग्दी महोत्सवमा ‘एरोविक डान्स’ देखाईयो (भिडियो सहित)

  • २ माघ २०७४, मंगलवार
  • कमल खत्री
  • 3732 पटक पढिएको

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा धौलागिरिमै पहिलो पटक ‘एरोविक डान्स’ देखाईएको छ । फ्रि स्टार डान्स ग्रुप बेनीले निकै आकर्षक मानिने ‘एरोविक डान्स’ देखाएको हो । ग्रुपका सक्रिय कलाकार राजकुमार परियारले कोरियोग्राफ गरेको सो नाचलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले निकै रुचाएका थिए ।

भिडियो

सोमबार ग्रुपका ९ जना कलाकारहरुको टोलिले सामुहिक रुपमा प्रस्तुत गरेको अभिनय सहितको अनौटो नृत्यले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएको थियो । एक साता सम्म नियमित अभ्यास पछि सो ‘एरोविक डान्स’ लाई पहिलो पटक महोत्सवमा देखाईएको कलाकार एवम् कोरियाग्राफर परियारले बताउनुभयो ।

सो नृत्यमा राजकुमार परियार, प्रमेशजंग कार्की, असोक पुन, अमृत पाईजा, सुकु गर्वुजा, सन्दीला गुरुङ, सोनी शाह, सिमान्ता बानियाँले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने ९ बर्षका बाल कलाकार कुशल सुनारले उत्कृष्ट ‘एरोविक डान्स’ गरेका थिए ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l